Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

इटहरी विराटनगरका संक्रमितहरुको मेन्यूमा बेसार पानी


  • विराटनगर ,भदौ २ गते मंगलवार ।।
  • जनप्रभाब-सम्बादाता


प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बेसारपानी खाएर एक दुईपटक हाच्छिउँ ग¥यो कोरोना ठीक भइहाल्छ नि !’ भनि दिएको अभिब्यक्तिलाई लिएर चर्को आलोचना भएपनि अहिले प्रदेश १ का विभिन्न स्थानीय तहहरुले तयार पारेका आईसोलेसनहरुमा भने प्रधानमन्त्रीको सिफारिसलाई संक्रमितहरुको खानाको मेन्यू बनाएका छन ।
प्रदेश सरकारले बनाएको आइसोलेसन सेन्टर र कोभिड १९ उपचार केन्द्रहरूमा बेड खाली नभएर होम आइसोलेसनमै बसिरहेकाहरुको लागि प्रदेश १ को राजधानी विराटनगर र इटहरी उपमहानगरपालिकाले जारी गरेको ध्यान दिनपर्ने विषय र खाना तथा औषधिबारे दैनिक कार्ययोजनामा बेसारपानी र काढापानीलाई समेत मेन्यूमा समावेश गरेका छन ।
महानगरले नगरवासीलाई दिएको खानाको मेन्युमा ‘तातो बेसार पानी’ पनि छ । विराटनगर महानगरपालिका मात्र नभएर होम आइसोलेसनमा बस्नका लागि इटहरी अस्पतालले पनि खानपिन तथा औषधिको कार्ययोजना प्रस्तुत गरेको छ । डा. मनीष शर्माद्वारा प्रस्तुत गरिएको होम आइसोलेसनमा निर्देशिकामा तातो दूधमा बेसार, कागती पानी योग, काढापानी र पानीको बाफ लिने विषयवस्तु पनि समेटिएको छ ।
कोरोना संक्रमतिको संख्या बढेसँगै अस्पताल खचाखच भएका छन् । सरकारले तोकेका आइसोलेसन सेन्टर पनि भरिभराउ छन् । पछिल्लो समय विराटनगरमा संक्रमति थपिने क्रम बढेसँगै होम आइसोलेसनमा बस्नेहरूको संख्या हरेक दिन थपिँदो छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महानगरले परम्परागत औषधिजन्य जडीबुटीको प्रयोगमा समेत जोड दिएको बताएका छन् ।
उनले भने,‘हाम्रो जनस्वास्थ्य महाशाखाका चिकित्सकहरूको सरसल्लाह र छलफलले निर्णय गरेर नै होम आइसोलेसनमा बस्नेहरूका लागि निर्देशिका तयार गरिएको हो ।’ महानगरका आइसोलेसनमा बस्नेका लागि पनि यही निर्देशिकाअनुसार संक्रमितले दिनचर्या बिताइरहेको पराजुलीले सुनाए ।
विराटनगर महानगरपालिकाले होम आइसोलेसनमा बस्नेका लागि २१ बुँदे निर्देशिका जारी गरेको छ । जसमा बिहान उठेर योगाभ्यासबाट दैनिकी आरम्भ हुन्छ । ६ बजे उठ्ने आधा घण्टा योग गर्ने, त्यसपछि तातो कागती पानी लिने, बिहान ८ बजेसम्म नास्ता खाने र त्यसपछि मनतातो दूधमा बेसार हालेर पिउने उल्लेख छ ।
महानगरले साढे १० बजे बिहान होम आइसोलेसनमा बस्नेहरूलाई तातोपानीमा बेसारसहित अदुवा, मरिचजस्ता जडीबुटीको मिश्रण सेवन गर्न सुझाव दिएको छ । राति साढे ९ बजे पनि त्यस्तै मिश्रण सेवन गर्न भनिएको छ । योबाहेक भिटामिन सी तथा डीको सेवन गर्नसमेत सल्लाह दिइएको छ ।
महानगरले व्यवस्थापन गरेका आइसोलेसन सेन्टरहरूमा खानालगायत सबै व्यवस्थापन महानगरका तर्फबाट भए पनि घरमा बस्नेहरूले भने त्यस्ता चिजबिजको आफैं व्यवस्थापन गर्नुपर्छ । विराटनगर महानगरपालिकाले विराटनगर १९ को इलाका स्वास्थ्य कार्यालय र विराटनगरको मारवाडी सेवा समितिको भवनमा आइसोलेसन सञ्चालन गरी कोरोना संक्रमितलाई उपचारका लागि राखिएको छ । महानगरमा संक्रमितको संख्या ५६६ जना पुगिसकेका छन् । ७ जनाको मृत्यु भएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

1 month पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

1 month पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh