- काठमाडौं ,भदौ १ गते सोमबार ।।
- जनप्रभाब-सम्बादाता
नेपालमा आज सोमबार थप ५ सय ८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमिको संख्या २७ हजार २ सय ४१ पुगेको छ।
पछिल्लो २४ घण्टामा १६० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ रहेको छ। काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन्। जसमध्ये काठमाडौंमा १०९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको छ। नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १०७ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६८ जनामा संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनु भयो ।
आइतबार मात्रै १ सय २७ जना जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। काठमाडौंका १३९ जना, भक्तपुरका १४ जना र ललितपुरका १५ गरी कूल १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !