- काठमाडौं ,भदौ १ गते सोमबार ।।
- जनप्रभाब-सम्बादाता
नेपाली युवतीलाई झण्डै ५० लाख ठगी गरेको आरोपमा मध्य अफ्रिकी मुलुक एङ्गोलाका एक नागरिक पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौको टोलीले उनलाई ठमेलको एक होटलबाट पक्राउ गरेको हो ।
ती युवकले नेपाली युवतीलाई आफू बेलायतस्थित लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर भएको र नेपाल आएर बिहे गर्ने आश्वसन दिँदै आएका थिए । उनको सामाजिक संजालमा मार्की एरोन नाम रहेको तर उनको आधिकारिक नाम भने सिल्भा एन्टिनियो डी कोस्टा रहेको प्रहरीको अनुसन्धानबाट पत्तो लागेको छ । ती युवकले विभिन्न बहानामा पटकपटक गरेर ४८ लाख ५४ हजारभन्दा बढी रकम युवतीबाट असुलेको खुलेको छ ।
पछिल्लो पटक पुन: ती युवकले विभिन्न सामग्री तथा विदेशी रकम पठाइ दिएकोले भन्सार चार्ज भन्दै २० लाख रुपैयाँ माग गरेकाले आफू ठगिमा परेको शंका लागेपछि युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् ।
ती युवकले नयाँ वर्षको अवसरमा हिराको औँठी, सुनको सिक्री र दुई लाख ३० हजार पाउण्ड पठाएकोमा भन्सार २० लाख लाग्ने भन्दै रकम माग गरेका थिए । प्रहरी अनुशन्धानमा उनी २०७६ सालको अन्त्यतिर नेपाल प्रवेश गरेको खुलेको छ । उनी नक्कली नोट छपाउने कार्यमासमेत संलग्न रहेको प्रहरीले बताएको छ । उनको साथबाट नक्कली नोट बनाउने मेसिनसमेत प्रहरीले बरामद गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !