- बागमती ,भदौ १ गते सोमबार ।।
- जनप्रभाब-सम्बादाता
नेपाल प्रहरीका एसएसपी सन्दीप भण्डारीले आँफु पनि बँचेर अरुलाई पनि बँचाउन मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । बाग्मती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको कमाण्ड सम्हालिरहेका एसएसपी भण्डारीले महिला प्रहरी कर्मचारीहरुसंगको अन्तक्रिया कार्यक्रममा सो कुराको आवश्यकता महसुस गराएका हुन् ।
एसएसपी भण्डारीले विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै आ आफ्नो कार्यक्षेत्रमा विशेष सजकता अपनाई आफू बचेर अरुलाई समेत बचाउने कार्यमा विशेष जोड दिन र कार्यक्षेत्रमा रहँदा बस्दा उच्च अनुशासन पालना गर्न निर्देशन दिएका हुन् ।
हिजो शुक्रबार तालिम पश्चात कार्यक्षेत्र तर्फ प्रस्थान गर्न लागेका सम्पूर्ण महिला प्रहरी कर्मचारीहरुलाई कार्य सफलताको शुभकामना दिँदै एसएसपी भण्डारीले नेपाल प्रहरीको लैङ्गिक नीति, २०६९ ले सम्पूर्ण महिला प्रहरी कर्मचारीहरुका लागि महिला मैत्री वातावरण बनाउन सहयोग गरेको कुरा स्मरण गर्दै सोही अनुसारको वातावरण बनाउनमा सबैले भुमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा सहभागी महिला प्रहरी कर्मचारीहरुले एसएसपी भण्डारीको नेतृत्व क्षमताको तारिफ समेत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !