- सुनसरी,भादौ १ गते सोमबार ।।
- जनप्रभाब-सम्बादाता
सुनसरी जिल्लाको सिमाक्षेत्रमा भारतीय बजारबाट अवैध रुपमा भन्सार छली चोरी तस्करी गरेर ७० बोरा खैनी प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसार हरिनगर गाँउपालिकाको रामनगर भुटाहा र घुस्की क्षेत्रबाट भन्सार छली गरी अवैध रुपमा चोरी तस्करी गरेर ल्याएको ७० बोरा खैनी बिहीवार बरामद गरिएको छ ।
विशेष सूचनाका आधारमा प्रहरीले ३ लाख ५० हजार मुल्य बराबरको खैनी सुनसरीको बजारमा बिक्री वितरणका लागी लैजाने तयारी गर्दै गर्दा प्रहरी निरिक्षकको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
आवश्यक कानुनी कारवाहीका लागी कोशी व्यारेजमा रहेको सुनसरी भन्सार कार्यालयमा खैनी बुझाईएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !