- बिरगंज,साउन ३२ गते आइतबार ।।
- जनप्रभाब-सम्बादाता
- कृष्णा यादव
कोरोना भाइरसको हटस्पट बन्दै गएको पर्सा जिल्लाको बिरगंजमा जारी निषेधाज्ञा आजबाट थप कडाई गरिने भएको छ । यसका लागि आजबाट सडकमा सेना परिचालन गरिएको छ ।
कोरोनाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, लगायत सर्वसाधारण संक्रमित हुने क्रम बढीरहेको छ भने मृत्यु पनि सबै भन्दा बढी पर्सामै भएको छ ।
साउन ३१ गते बिहानसम्म कोरोना संक्रमितको संख्या १२ सय नाघिसकेको छ।

वीरगन्जमा नारायणी अस्पतालको मातहत दुईवटा अस्थायी कोभिड अस्पताल सञ्चालनमा छन्। गण्डक अस्थायी कोभिड अस्पतालमा ६९ जना उपचाररत छन्। तीमध्ये १० जना आईसीयूमा छन्। वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा १०३ जना संक्रमित भर्ना भएका छन्। तीमध्ये २६ जना आईसीयूमा छन्। नारायणी अस्पतालको आइसोलेसनमा पाँचजनाको उपचार भइरहेको छ। यसबाहेक वीरगन्जका होटल, धर्मशाला, विद्यालय, निजी अस्पताललगायतमा सञ्चालित सेमी–आइसोलेसनमा दुई सय ३९ जनाको उपचार भइरहेको छ। ३७४ जना संक्रमित भने होम आइसोलेसनमा छन्। संक्रमितमध्ये ८० प्रतिशत लक्षणसहितका बिरामी छन्। ३६ जना आईसीयूमा छन्। आईसीयूमा राखिएका बिरामीको त्यति धेरै जटिल अवस्था छैन। तर उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।
सुरुवाती दिनमा लक्षण नभएका बिरामी मात्र थिए। तर ८० प्रतिशतभन्दा बढीमा लक्षण देखिने गरेको छ। त्यसकारण पछिल्लो समय यो भाइरसले आफ्नो स्वरूप परिवर्तन गरेको हो कि अथवा अलि कडा खालको भाइरस आएको हो कि भन्ने आंशंका छ। मृत्युको कारण कोरोना मात्र नभई अन्य दीर्घरोगले पनि भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !