- जनकपुरधाम, साउन ३१ गते सनिवार ।।
- जनप्रभाब-सम्बादाता
अस्पतालको चारम लारपरवाहीले एक महिलाको मृत्यु भएको घटनाको रिपोर्टिंग गर्न गएका दुईजना पत्रकारमाथि प्रहरीले आज लाठी चार्ज गरेका छन् । थाहाखबरका जनकपुर समाचारदाता समेत रहेका टुडेखोजका सम्पादक सन्तोष यादव र टुडेखोजका समाचारदाता शिवेन्द्र रोहितामाथि प्रहरीले कुटपिट गरेका हुन् ।
नवजीवन अस्पतालको लापरवाहीले बिहीबार साँझ ज्यान गुमाएकी जनकपुरधाम उपमहानगरपालिका १ निवासी ३५ बर्षीया रुकमणि सदाको शव प्रहरीले जवरजस्ती उठाउन गएको बेला समाचार संकलनमा गएका पत्रकार यादव र रोहितामाथि कुटपिट भएको छ ।
मृतक परिवारले दोषीमाथि कारबाही, क्षतिपुर्ति सहित चार सुत्रिय माग राख्दै शव उठाउन अवरोध गरेको थियो । प्रहरीले लाठीचार्ज गर्दै शव उठाउन खोजेपछि त्यसै क्रममा रिपोर्टिंगमा रहेको बेला प्रहरीले आफुमाथि आक्रमण गरेको र आफु पत्रकार भन्दा पनि लाठीचार्ज गरेको दुखेसो पोखे । लाठीचार्जबाट घाइते दुबै पत्रकार उपचारपछि फर्केका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !