- काठमाडौं,साउन ३१ गते सनिवार ।।
- जनप्रभाब-आलोक यादव
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सिन्धुपाल्चोकका बाढी पीडितहरुलाई राहत तथा उद्धारको सहयोगमा कुनै कसर बाँकी नराख्ने वताएका छन्।
राहत लिएर गृहमन्त्री लिदी पुगे
यसैबीच गृहमन्त्री रामबहादुर थापा आज अपराह्न राहत सामग्रीसहित घटनास्थल पुगी घटनाका बारेमा जानकारी लिएका छन्। राहत सामग्रीमा त्रिपाल, म्याट, लत्ताकपडा तथा खाद्य सामग्री रहेको प्रहरीले जनाएको छ।
गृहमन्त्री थापाले घटनामा बेपत्ता भएकाहरुको खोज तथा उद्धारमा तिव्रता दिन र पीडितहरुको लागि बस्ती स्थानान्तरण गरि उपयुक्त स्थानमा बसोबासको लागि प्रक्रिया अघि बढाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।
त्यसअघि बिहान प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगी घटनाका बारेमा जानकारी लिई फर्किएका थिए।
त्यस्तै, जिल्ला विपद् व्यवस्थापन समितिले लिदीका पहिरो पीडितका लागि राहत सामग्री पु¥याएको छ।
जिल्ला विपत् व्यवस्थापन समितिले नीलो चिनियाँ पाल ४० थान, भाँडावर्तन, मिनी ब्ल्यांकेट, पहेँलो त्रिपाल, म्याट्रेस, बाल्टिन ढकनसहित ४० थान, प्लाष्टिक जग ४० थान, ग्यालिन ६० थान र पञ्जा ४० थान वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !