- सुनसरी,साउन ३० गते शुक्रबार ।।
- जनप्रभाब-सम्बादाता
विराटनगरको नोबेल मेडिकल कलेजका थप ३ जना र अस्पताल भित्र रहेको एउटा फार्मेसीका २ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । नोबेल अस्पतालमा रहेको फार्मेसीमा कोरोना देखिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
संक्रमित सवै जना आइसोलेशनमा रहेको दाहालले बताए । यसअघि नोबेलमा ४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !