- सिरहा,साउन ३० गते शुक्रबार ।।
- जनप्रभाब न्यूज.
- आलोक यादव
प्रदेश २ को जिल्ला सिरहा र धनुषा सीमानाको रुपमा बग्ने नेपालको दोस्रो स्तरको कमला नदी आरपार गर्न मानिसहरुलाई ठुलो जोखिम भईरहेका छन । वर्तमान प्रधानमन्त्री के.पि. शर्मा ओली सहिद हेमनारायण यादबको स्मृती सभा सांबोधन गर्दा २०७७ जेष्ठ २ गते पुल उद्घाटन हुन जनतासँग प्रतिवद्धता गरेको थियो । तर उक्त पुल आज सम्म जस्ताको तेस्तै अवस्थामा रहेको छ ।
दैनिका रुपमा सिरहा धनुषा आवत जावत गर्नेहरुलाई नदी पान गर्न जोखिम पूर्ण डुङ्गमा यात्र गर्नु पर्ने बाध्याता रहेको छ । हाल सिरहा नगरपालिका – ६ बसफिटा घाटमा दुई वटा डुङ्ग सञ्चालनमा रहेको छ । पुल निर्माणको अवस्थाका कारण यस घाटमा पानीको बहाव तथा गईरो खाल्डो बनेको कारण जोखिम बढेको हो ।
स्थानीय विपद ब्यवस्थापन समिति सिरहाद्वारा सिरहा र धनुषाको कमला नदि को वसबिट्टा घाट मा डुङ्गा चालक र यात्री कालागि लाईफ ज्याकेट निशुल्क रुपमा डुङ्ग संचालकलाई प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख ,राष्ट्रिय अनुसन्धान प्रमुख , सशस्त्र प्रहरी बल प्रमुख तथा नेपाली सेना प्रमुखको उपस्थितिमा करिब ४० ( चाकिस ) थान सेफटी लाईफ ज्याकेट उपलब्ध गराएको हो ।
विपद् व्यवस्थापन समितिको संयोजक रुपमा रहेको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी ( सिडियो ) प्रदिपराज कडेलले कमला नदीको जोखिम पूर्ण यात्रालाई सहज र सुरक्षित बनाउन लाईफ ज्याकेट धेरै नै सहयोगी हुने बताउनु भयो ।
स्थानीय विपद ब्यवस्थापन समिति सिरहाले उपलब्ध गरेको लाईफ ज्याकेट तथा कमला नदीमा ढुगा सञ्चालन गर्नका लागि पालन गर्नु पर्ने निर्देशकलाई ध्यानमा राखि कार्य गर्न हुन जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाशंकर पंजियारले अनुरोध गर्नु भयो । कोरोना माहामारीको बेला लाईफ ज्याकेट प्रयोग तथा डुङ्ग सञ्चालनमा थप सुरक्षित साथ कार्य गर्नु हुन निर्देशन दिनु भयो ।
लाईफ ज्याकेट प्रयोग सम्बन्धित क्रियाकलप पनि सशस्त्र प्रहरी बलका जवानले प्रयोग गरी प्रत्यक्ष रुपमा देखाउनु भएको सशस्त्र प्रहरी बल नम्बर ७ गण हेक्वा सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) दिपेन्द्र गिरीले जानकारी दिनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !