- सिरहा,साउन २९ गते बिहीबार ।।
- जनप्रभाब-सम्बादाता
कोरोना भाइरसबाट मृत्यु भएपछि सिरहाको बिष्णुपुर गाउँपालिकामा लकडाउन थप कडाइ गरेको छ । वडा नम्बर १ मा माइकिङ्ग गर्दै वडा अध्यक्ष गोपिन्द्र यादबले बिहान ४ बजे देखि बिहान ८ बजे सम्म घर बाहिर ननिस्किन आग्रह गरेका छ्न ।
कोसी अस्पतालको आइसोलेसनमा उपचाररत सिरहाको विष्णपुर गाउँपालिका–१ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार मृत्यु भएको छ ।
टाइफाइड, ज्वरो, खोकी र श्वास–प्रश्वाससम्बन्धी समस्या भएर सिरहाबाट आएर बुधबार राति २ बजे अस्पतालको आइसोलेसनमा भर्ना भएका उनको उपचारको क्रममा बिहीबार साढे ७ बजे मृत्यु भएको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए ।
अस्पताल भर्ना गर्ने क्रममा लिएको स्वाबको रिपोर्ट उनको मृत्युपछि कोरोना पोजिटिभ आएको डा. यादवले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !