- मुकेश कुमार यादव
- सिरहा,साउन २९ गते बिहीबार ।।
करोडौंको सार्वजनिक जग्गा भुमाफियाले हत्याएपछी, स्थानीयद्वारा जग्गा फिर्ताको माँग

सिरहामा सुकुम्वासिको नाममा भुमाफियाहरुले आर्थिक चलखेलगरी हत्याको करोडौं मूल्यको जमिन अदातलले माफियाकै पक्षमा निर्णय सुनाए पछि स्थानीयले जमिन फिर्ताको माग सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनत्र बुझाएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ९ चोहर्वाको २ विगहा ९ कठ्ठा ३ धुर वन वुट्यान पर्ती सहितको जमिन माफियाहरुले किर्तेगरी आफ्नो नाममा ल्याएको थाहा पाएपछि नगरपालीकाले जिल्ला अदालतमा किर्ते मुद्दा दर्ता गराएको थियो ।

जिल्ला अदालत सिरहाका १ नम्वर इजलासका न्यायाधीश योगेन्द्र प्रसाद साहको इजलासले २६ गते सोमबार विपक्षीकै नाममा चलनचल्ती कायम गरिदिएपछि आर्कोशित स्थानीयले प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई तत्काल जग्गा फिर्ताको माग सहित ज्ञापनपत्र बुझाएका हुन् ।
तत्काल जिल्ला अदालत सिरहाले निर्णय फिर्ता नलिए चरणबद्ध आन्दोलनमा जाने विज्ञप्तीमा उल्लेख गरेको छ । उनीहरु जिल्ला प्रहरी कार्यालय अगाडीबाट अदालतको फैसला बदर गर,सार्वजानिक जग्गा फिर्ता गरू लगायतका नारावाजी गर्दै प्रशासन कार्यालयसम्म नारा जुलुस सहित पुगेका थिए ।
भूमाफियाहरुकै चलखेलमा राष्ट्रिय सुकुम्वारी आयोगले जारीगरेजस्तै पुर्जा बनाएर २०५८ सालको मितिराखि गोलबजार नपा ४ निपनियाँका कृष्ण बहादुर भट्ट क्षेत्रीको नामा दर्ता गरिएको थियो । उक्त जग्गा वडा अध्यक्षकै मिलोमतो तथा सिफारिसमा भुमाफियाले जित हात पारेको एक स्थानीयले बताए ।
उनले वडा न.९ का अध्यक्ष राम पुकार कामतिले आर्थिक लेनिदेनिमा उक्त जग्गामा घर बाटो नभएको सिफारिस गर्दा माफियाहरुले जग्गा खरिद गरिएको नाम नखोल्ने सर्तमा एक स्थानीयले जनाएको छ । भट्टलाई समेत त्यो जमिन कसरी आफ्नो नाममा आएको र आफुले घरबाटो सिफारिस लिन वडामा समेत नगएको कस्ले र किन गराएको भन्ने थाहा छैन ।
भट्टको नामबाट सोही चन्द्रउदयपुर ८ (क) अन्तर्गत पर्ने कित्ता नम्बर ४२० को २ बिघा ९ कठ्ठा ३ धुर क्षेत्रफल भएको उक्त जग्गा २०७४/७/१३ गते धनगढीमाई नगरपालिकाकी विना चौधरी र सिरहा नगरपालिकाकी अनिता साहको नाममा संयुक्त पास भयो ।
वडालेनै घरबाटो नभएको सिफारिस गर्नु,र नगले किर्ते गरेको मुदाको वारिसनमा पाएपनी मफियाले सहजै मुदा जित्नु यसले जनप्रतिनिधिको पनि संलग्नता रहेको प्रष्ट देखिन्छ । उक्त जमिन पासभएको केही दिनमै जमिनसंग सम्वन्धै नभएका व्यक्तिहरुले आफूहरुले किनेको भन्दै जमिनमा रहेको रुखविरुवा र बुट्यान सफागर्न आएपछि स्थानीय देखेर उनीहरुलाई लखेटेका थिए ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !