- पर्सा,साउन २८ गते बुधबार ।।
- जनप्रभाब-सम्बादाता
पछिल्लाे समय काेराेना भाइरस संक्रमणकाे केन्द्रविन्दु बनेकाे प्रदेश नम्बर २ का जिल्ला पर्साको प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी सरुवा भएका छन् ।
सरकारले प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई गृह मन्त्रालयमा फिर्ता बोलाएको छ भने सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई ललितपुर सरुवा गरेकाे हो ।
साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले उनीहरूकाे सरुवा गर्ने निर्णय गरेकाे हाे । उनीहरूले काेराेना महामारी नियन्त्रणमा भूमिका खेल्न नसकेकाे आराेप लगाइएकाे छ ।
सरकारले प्रजिअ कार्कीको ठाउँमा धादिङका प्रमुख जिल्ला अधिकारी आशमान तमाङलाई पठाउने भएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !