- लहान,साउन २८ गते बुधबार ।।
- संजय विश्वकर्मा
कोरोना नियन्त्रण रोकथाम र उपचारमा सिरहाको लहान नगरपालिकाले सार्वजनिक गरेको खर्च पुर्ण रुपमा पारदर्शी नभएको भन्दै पारदर्शीको माग गरिएको छ । नेपाली कांग्रेसका राज्य ब्यवस्था समितिका केन्द्रिय सदस्य एबम् समाजसेबी महेश चौधरीले लहान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेम भुसाल समक्ष पारदर्शीको माग राख्दै बुधबार निबेदन बुझाएको हो ।
नगरपालिकाले सार्बजनिक गरेको प्रतिबेदन अपुरो भएको नगरबासीको ब्यापक जन गुनासो आएपछि समाजसेबी चौधरीले नगरपालिकाका सुचना अधिकारी समक्ष सुचनाको हक प्रयोग गरी बिधिबत रुपमा आज निबेदन दर्ता गराएको छ ।
कोरोना नियन्त्रणको नाममा लहान नगरपालिकाले १ करोड ९८ लाख ४ हजार ७८ रुपौया खर्च बिबरण सार्बजनिक गरेको थियो । महामारीको बेला स्थानीय तहहरुमा अनियमितता भइरहेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय सिरहा, जिल्ला समन्वय समिति सिरहा लगायतका सरोकारवालाहरुको संयुक्त बैठकले सिरहाका १७ स्थानीय तहलाई खर्च विवरण सार्वजनिक गर्न भनेको थियो ।
सोही अनुरुप लहान नगरपालिकाले ४ वटा शिर्षककमा एकमुस्ट रुपमा खर्च बिबरण सार्बजनिक गरेकोले केहि नबुझने गरी अनियमित ढंगले सो बिबरण सार्बजनिक भएको स्थानिय नगरबासीहरुले गुनासो गर्दै आईरहेको छ । लहान नगरपालिकाले सार्बजनिकिकरण गरेको खर्च बिबरणमा , ‘ कोभिड १९ रोकथाम नियन्त्रणमा ३६ लाख ५७ हजार २ सय ४५ रुपैया, क्वारेन्टाइन व्यवस्थापनमा ४ लाख ८५ हजार ५७ रुपैया, राहत वितरण १ करोड ५३ लाख ५ हजार ७ सय ७६ रुपैया र कर्मचारी भत्तामा ३ लाख ५६ हजार एकमुष्ट रुपमा उल्लेख गरिएको छ । ’
राहतका लागि खरिद गरिएको चामल, दाल, नुन, तेल, साबुन , सेनिटाईजर लगायतको सामग्री खरिद गरेको मुल्य सुचि समेत सार्वजनिक गर्न माग गरिएको समाजसेबी महेश चौधरीले बताए । महामारीको बेला जनप्रतिनिधि र कर्मचारीले लिएको भत्ता नामावली सहित प्रकाशित गर्न, ईन्धन खर्च, क्वारेन्टाइन ब्यवस्थापनमा खरिद गरिएको सामग्रीहरुको खरिद मुल्य र कोरोना नियन्त्रण गर्न गरेको खर्च विवरण खरिद मुल्य सहित सार्वजनिक गर्नुपर्ने निबेदनमा उल्लेख छ ।
यता लहान नगरपालिकाका प्रमुख प्रशासकिय अधृकृतले खेम भुसालले भने ‘ म हप्ता दिन भित्र नगरपालिकाको वेबसाईटमा खर्च बिबरण सार्बजनिक गर्नेछु ।’
नगरपालिकामा माथिबाट खर्च बिबरण सार्बजनिक गर्न परिपत्र आईसकेकोले छिटै सार्बजनिक गर्छु उनले प्रतिबद्धता जनाए । ’
स्थानीय तहहरुले गरेको खर्च विवरण संक्षिप्तमा सार्वजनिकी करण गरेपछि कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका नाममा स्थानीय तहहरुले व्यापक भ्रष्टाचार गरेको आवाज उठिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !