- सिरहा,साउन २८ गते बुधबार ।।
- जनप्रभाब-आलोक यादव
जारी लकडाउनको मौका छोपी सीमापारिबाट तस्करीको समान भित्र्याउन लागेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
- तस्कर विरुद्ध खरो उत्रदै एसपी उमाशंकर पंजियारले , १ महिनामा करिब १६ लाख बराबरको अबैध रजनिगन्धा,लत्ताकपडा लगायत समानहरु नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाशंकर पंजियारले तस्कर विरुद्ध खरो रुपमा प्रस्तुत भएका छ्न । नेपाल र भारत सिमा खुला रहेको हुदा तस्करहरु सक्रिय भएको सूचना पाउने बितिकै एसपी पंजियारले कडा निगरानी बढाएका छन्
एसपी उमाशंकर पंजियारले जिल्ला मातहतका ईलाका प्रहरी कार्यालय प्रमुख , प्रहरी चैकी , सिमा प्रहरी चौकी प्रमुखहरुलाई नि तस्कर विरुद्ध खरो उत्रिन समेत निर्देशन दिएका छ्न ।
सिराहाको बरियारपट्टी गाउँपालिका -४ कटरिया खोला स्थित भारतवाट आएको BR-32-AD-8472 नं.को मोटरसाइकल लाई सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकल चालक जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका -४ बस्ने बर्ष २८ को हमिद मियाको साथवाट रजनिगन्धा २० प्याकेट (रू ४०,०००।-) र मो.सा. (रू १,६०,०००।–) गरी जम्मा रू २,००,०००।- बराबरको सामान सहित मो.सा.नियन्त्रणमा लिई मानिस सहित भन्सार कार्यालय ठाडि बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहा प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक ( डिएसपी ) बिनोद घिमिरेले जानकारी दिनु भयो ।

त्यसैगरी – सिरहाको बरीयारपट्टी गाउँपालिका – ३ स्थित ई.प्र.का.बरीयारपट्टि सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा भारत बाट नेपाल तर्फ भन्सार छली टाउकोमा बोकी ल्याउदै गरेको लत्ता कपडा र कष्मेटिक सामान गरी जम्मा अन्दाजी मुल्य रु. ३४,७६४।– रुपैयाँ बराबरको सामान पक्राउ गरी भन्सार कार्यालय ठाडी सिरहामा बुझाईएको डिएसपी घिमिरे जानकारी दिनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !