Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित

  • सिन्धुलि,साउन २८ गते बुधबार ।।
  • जनप्रभाब-सम्बादाता

जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो । वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसंँग रकम लिँंदै गरेका अवस्थामा उनीहरुलाई यही साउन २१ गते नियन्त्रणमा लिएको थियो ।
प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत रोशन थापाका अनुसार जिल्ला प्रहरी कार्यालयका पाँच र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत एक गरी ६ प्रहरी कर्मचारी निलम्बित छन् ।

उनीहरुलाई सवारी चालकसंँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटाँैंडामा झिकाइएकामा थप छानबिन गर्न हाललाई मङ्गलबार निलम्बन गरिएको सूचना अधिकारी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार निलम्बन पर्नेमा दुई प्रहरी हवल्दार र चार प्रहरी जवान छन् । निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय सिन्धुली र सोअन्तर्गतका कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ र डोरबहादुर कार्की तथा प्रहरी जवान कुमारबाबु सिंह, धीरेन्द्र साह र रामकुमार थापा छन् । यस्तै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकअन्तर्गतको इलाका प्रहरी कार्यालय मङ्गलटारमा कार्यरत प्रहरी जवान नवीनबहादुर थापालाई निलम्बन गरिएको सूचना अधिकारी थापाले जानकारी दिनुभयो ।

निलम्बनमा पर्ने प्रहरी कर्मचारी जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा इलाका प्रहरी कार्यालय भिमान, खुर्कोट, मङ्गलटार, प्रहरीचौकी ढुङ्ग्रेबास र अस्थायी ट्राफिक प्रहरीचौकी भिमानमा कार्यरत थिए । निलम्बित प्रहरी कर्मचारीका सम्बन्धमा थप छानबिन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंँडाले प्रहरी नायब उपरीक्षक विज्ञान बस्नेतका संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको उहाँले जानकारी दिनुभयो । आफ्नो ड्युटीमा इमान्दारी प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने र गैरव्यावसायिक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई वाग्मती प्रदेश प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको बताइएको छ ।

सुचना समन्वय अधिकृत थापाले भन्नुभयो, ‘वाग्मती प्रदेश प्रहरी कार्यालयअन्तर्गतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीबाट नागरिक केन्द्रित, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाबाट विशेष कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीबाट सम्पादन भइरहेको कार्यलाई अनुगमन र मूल्याङ्कन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टास्क फोर्स गठन गरिएको छ ।’ उहाँका अनुसार सेवाग्राहीसँंग आर्थिक प्रलोभनमा पर्ने एक प्रहरी निरीक्षकसहित ११ प्रहरी कर्मचारी निलम्बित तथा काममा इमान्दारी प्रदर्शन गर्ने २५ प्रहरी कर्मचारी पुरस्कृत भइसकेका छन् । घुस दिन खोज्नेलाई कारवाही, प्रहरी पुरस्कृत काममा खटिएका प्रहरी कर्मचारीलाई विभिन्न प्रलोभन देखाई घुस दिन खोज्ने व्यक्तिलाई घुसवापतको रकमसहित पक्राउ गरी कानूनबमोजिम कारवाहीको दायरामा ल्याउने एक प्रहरी कर्मचारीलाई वाग्मती प्रदेश प्रहरी कार्यालयले हालै पुरस्कृत गरेको छ ।

आर्थिक प्रलोभनमा नपरी आफ्नो काममा इमान्दारी प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको हो । अस्थायी ट्राफिक प्रहरीचौकी भिमान सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार ओमनारायण महतोलाई पुरस्कृत गरिएको सूचना समन्वय अधिकृत थापाले जानकारी दिनुभयो । आफूलाई बिलबुकभित्र रु ३०० राखी आर्थिक प्रलोभनमा पार्न खोजेपछि घुसवापतको रकम र बलेरो गाडी चालकसमेतलाई नियन्त्रणमा लिई कारवाहीका लागि बुझाउने प्रहरी हवल्दारलाई पुरस्कृत गरिएको उहाँले जानकारी दिनुभयो । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने बोलेरो चालकलाई नियमानुसार जरिवाना गरीएको छ । रासस

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh