- जनप्रभाब-सम्बादाता
- काठमाडौं,साउन २८ गते बुधबार ।।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई पनि कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको हो ।
हालसम्म अख्तियारमा घिमिरेसहित ४१ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । केही दिन अगाडि मात्रै घिमिरेका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना पुष्टि भएको थियो ।
अख्तियारका अन्य तीन सय ५० जनाको पनि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको तर, हालसम्म रिपोर्ट नआएको जानकारी गराइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !