Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

वन्यजन्तु तस्करहरुको अदालतमा चलखेल

  • काठमाडौं,साउन २८ गते बुधबार ।।
  • जनप्रभाब-सम्बादाता

नेपालमा मान्छे मारेको भन्दा वन्यजन्तु मारेकोमा धेरै जेल बस्नुपर्छ । कानून यस्तो छ कि मान्छे मारेको अपराधमा कैद सजाय छुट हुन्छ । तर, वन्यजन्तु सम्बन्धि अपराधमा कैद छुट हुँदैन ।

तर, यो कानून वन्यजन्तु तस्करीमा संलग्न ‘भरिया’ तहका व्यक्तिलाई मात्र लागू हुन्छ । ठूला अभियुक्तहरु भने सहजै छुट्ने गरेका छन् । खासगरी वन्यजन्तु तस्करीबाटै करोडौं कमाएका नाइकेहरु अदालतबाट धमाधम छुटिरहेका छन् । जेलबाट छुटेपछि कतिपय त फेरि यस्तै धन्दामा लागेको प्रहरी आशंका छ ।

अहिलेसम्म पक्राउ परेका सबैभन्दा ‘हाइप्रोफाइल’ वन्यजन्तु तस्कर हुन् कुन्जोक लामा । १५ वर्षदेखि फरार रहेका उनी नेता र उच्च प्रहरी अधिकारीकै संरक्षणमा थिए । गत १० असारमा बौद्धबाट पक्राउ परेका उनी हाल पुर्पक्षका लागि थुनामा छन् । तर, उनी आफू कुन्जोक लामा नै नभएको भनेर छुट्ने प्रयासमा छन् । जिल्ला अदालतको आदेशविरुद्ध उनी यतिबेला उच्च अदालत पाटन गएका छन् ।

भारतबाट अवैधरुपमा बाघका छाला तथा हड्डी नेपाल ल्याएर तिब्बती तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहका उनी नाइके भएको प्रहरी अधिकारीहरु बताउँछन् । फरार रहेकै अवस्थामा उनले करिब २ अर्बको बैंकिङ कारोबार गरेको खुलेको छ ।

२०६२ सालमा रसुवामा बरामद भएको वन्यजन्तुका अंग तस्करीमा उनको संलग्नता देखिएपछि प्रहरीले खोजी थालेको थियो । त्यसबेला रसुवाको स्याफ्रुबेंशीमा ६ वटा बाघको छाला, ३६ वटा चितुवाका छाला, दुई सय ३८ वटा ओतको छाला र एक सय १३ केजी बाघको हड्डीसहित पाँच जना पक्राउ परेका थिए । नेपाली सेनाको चेकिङमा उनीहरु पक्राउ परेका थिए । उनीहरुकै बयानका आधारमा त्यसमा कुन्जोकको संलग्नता खुलेको थियो । तर, विस्तृत विवरण नखुलेपछि पक्राउ परेकालाई मुद्दा चलाएर उनको मुद्दा मुल्तबीमा राखिएको थियो । सिआईबीले पक्राउ गरेर लाङटाङ राष्ट्रिय निकुञ्जलाई बुझाएकोमा १३ असारमा मुद्दा दायर भएको थियो ।

कुन्जोकको पक्राउलाई अन्तर्राष्ट्रिय स्तरमै वन्यजन्तु अपराध विरुद्ध महत्वपूर्ण सफलता मानिएको छ । उनलाई पक्राउ गर्न ठूलै प्रयास भएको थियो । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन(इन्टरपोल)ले समेत उनको सूचना संकलन गरी नेपाललाई पठाउँदै आएको थियो । वन्यजन्तु तस्करीको विभिन्न अन्तर्राष्ट्रिय गिरोहमा उनको संलग्नता देखिएको भन्दै इन्टरपोलले सूचना दिने गरेको थियो । ‘मोष्टवान्टेड’ भए पनि उनी अमेरिकादेखि विभिन्न देश पुग्ने गरेका थिए । प्रहरीले कुन्जोन लामाको नाममा उनलाई खोजी गरिरहेको थियो । तर, उनले कुन्जोक छिरिङ तामाङको नामबाट नागरिकता बनाई कारोबार गरिरहेका थिए । १५ वर्षपछि कुन्जोक लामा र कुन्जोक छिरिङ तामाङ एउटै व्यक्ति भएको पुष्टि भएको छ । तर आफु अर्कै कुन्जोक भएको भन्दै उनले चलखेल गरिरहेका छन् । उनको चलखेलमा केही नेताहरुले समेत साथ दिएका छन् ।

त्यतिखेर उनले प्रयोग गरेको सिमकार्ड अहिले पनि उनले प्रयोग गर्दै आएको खुलेको छ । अभियुक्तहरुले बयानमा बताएको मोबाइल नम्बर अहिले पनि उनले प्रयोग गर्दै आएका थिए । सिमकार्ड लिनेबेला प्रयोग गरिएको हस्ताक्षर र बैंकमा प्रयोग भएको हस्ताक्षर एउटै छ । विगतमा उनको वास्तविक नाम र ठेगाना पत्ता नलाग्दा इन्टरपोलबाट रेड नोटिस पनि जारी हुनसकेको थिएन । त्यतिबेला राष्ट्रिय निकुञ्जका कर्मचारीले समेत वास्तविक नाम पत्ता लगाउने प्रयास नगरी उनलाई उन्मुक्ति दिने प्रयास गरेको स्रोत बताउँछ ।

पक्राउ पर्ने डरले केही महिनायता उनी आफ्नो घरमा समेत बस्न छाडेका थिए । साथीहरुसँग जमघट तथा जुवा खेल्न मात्र कहिलेकाही घरमा जाने गरेको खुलेको छ । उनीसँग करोडौंको सम्पत्ति रहेको र त्यसैको आडमा उनी यतिबेला छुट्ने चलखेलमा छन् ।

भारतमा पनि उनी मोष्ट वान्टेड छन् । सन् १९९९ मा गाजियावादमा बरामद भएको बाघको छालाको तस्करीमा उनको संलग्नता देखिएको थियो । सन् २००० मा उत्तर प्रदेशको खागामा तथा सन् २००८ मा मध्यप्रदेशको हरियाणामा बाघको छाला बरामद भएकोमा त्यसको तस्करीको नाइके उनी भएको खुलेको थियो । सोही आधारमा भारतले पटक पटक नेपालसँग उनलाई पक्राउबारे छलफल गरेपनि उनी फेला परेका थिएनन् ।

उनी करिब २० वर्षदेखि नेपालमा बस्दै आएको प्रहरीले जनाएको छ । हुम्लाको नाम्खा गाउँपालिका –६ हुम्लाबाट उनले नेपाली नागरिकता लिएका छन् । जेठी श्रीमती हुम्लामै रहेकोमा कान्छी श्रीमतीसँग जोरपाटीमा बस्दै आएका थिए । प्रहरीदेखि केही नेताहरुसँग समेत उनको निकट सम्बन्ध देखिएको प्रहरी स्रोत बताउँछ । उनी पक्राउ परेपछि सो गिरोहका रहेका अन्य व्यक्तिहरुमाथि अनुसन्धान अघि बढेको छ । जसमध्ये केही अमेरिकामा बस्दै आएको खुलेको छ । वन्यजन्तुसम्बन्धि अपराधमा नेपालमा अहिलेसम्म यति उच्च तहको व्यक्ति पक्राउ नपरेको प्रहरी अधिकारीहरु बताउँछन् । इन्टरपोलले पनि उनको अन्तर्राष्ट्रिय नेटवर्कमाथि थप अनुसन्धान अघि बढाएको सिआईबीका एक अधिकारीले बताए ।

पैसाकै बलमा छुटेका लोडु डिमे

२८ पुस २०६९ मा सात वटा बाघको छाला, सात बोरा हड्डी तथा एक सय ११ वटा बाघको दाँतसहित दुई युवक नुवाकोटको ककनीमा पक्राउ परे । रसुवा हुँदै वन्यजन्तुका अंग चीन तस्करीको प्रयासमा पक्राउ परेका ती व्यक्तिहरु भरिया मात्र थिए । पक्राउ परेपछि उनीहरुले भने‘लोडु डिमे दाईले हामीलाई यो सामान ओसार्न लगाएका हुन् ।’ प्रहरीले डिमेको बौद्धस्थित घरमा छापा हान्यो । जहाँ थप आखेटोपहार बरामद भयो । उनको श्रीमतीलाई पनि पक्राउ ग¥यो । तर, गिरोहका नाइके डिमे पक्राउ परेनन् ।

डिमे विदेशमा लुकेको पत्ता लाग्यो । पाँच वर्ष लामो प्रयासपछि प्रहरीले २०७४ सालमा डिमेविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गरायो । उनी भारतमा बस्दै आएको थाहा पाएपछि भारतीय प्रहरीसँग सहकार्य उनी उनलाई पक्राउ गरेर २१ फागुन २०७४ मा नेपाल ल्याइयो । तर, चार महिनौ उनी जेलमुक्त भए ।

सुरुमा उनलाई जिल्ला वन कार्यालयले उपस्थित नै नभई एक लाख रुपैयाँ मात्र जरिवानाको फैसला गरेको थियो । पछि पुनरावेदन अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो । २९ असार २०७५ मा सर्वाेच्च अदालतले एक वर्षको कैद बराबर ९ हजार रुपैयाँका दरले धरौटी लिएर छाड्ने निर्णय ग¥यो । त्यसलगत्तै भारत भागेका डिमे नेपाल फर्किएका छैनन् । उनको मुद्दाको फैसला पनि भएको छैन । वन्यजन्तु तस्करीबाटै कमाएको पैसाले उनले भारतमा व्यापार विस्तार गरिरहेका छन् । भारतमा उनको उठबस केही मन्त्रीहरुसँगै छ ।

पैसाको बलमा उम्कने उनी एक्ला व्यक्ति होइनन् । नेपालमा वन्यजन्तुको तस्करीमा संलग्न गिरोहका नाइकेहरु सजिलै छुटेका छन् । पाँच वर्षअघि बर्दियामा पक्राउ परेका बाघ तस्करी गिरोहका एक नाइके पनि गत २३ बैशाखमा छुटेका छन् । पाटे बाघको चोरी शिकारी गर्ने समूहका नाइके जसु बाबरिया पाँच वर्षकै छुटेका हुन् । उनी २२ बैशाख २०७२ मा पक्राउ परेका थिए । नेपालको बाँके तथा बर्दियामा समेत बाघ मारेका थिए । यस्तो अपराधमा ५ देखि १५ वर्षसम्म कैद सजाय हुनेमा अदालतले न्यूनतम मात्र सजाय गरेपछि उनी छुटेका हुन् । भारतमा समेत उनी मोष्ट वान्टेड व्यक्ति हुन् । उनी छुटेपछि फेरि बाघको चोरी शिकारीमा लाग्नसक्ने प्रहरीको चिन्ता छ ।

२८ माघ २०६८ मा कैलालीमा बाघको चोरी शिकारी र तस्करी गर्ने श्रवण बाबरियाको समूह पक्राउ परेको थियो । ४० वटा बाघको हड्डी तथा दुई वटा छालासहित पक्राउ परेका उनीहरुमध्ये पाँच जना १÷१ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । लगत्तै उनीहरु भारत भागेकोमा अहिलेसम्म फेला परेका छैनन् । पछि पुनरावेदन अदालतले उनीहरुलाई ५÷५ वर्ष कैद सजायको फैसला गरेको थियो ।

पैसाकै बलमा सजिलै उम्किएका अर्का वन्जयन्तु तस्कर हुन् पेम्बा शेर्पा । २५ असार २०६१ मा उनी चितवनको आँपटारीमा गैंडाको ५ वटा खागसहित पक्राउ परेका थिए । गम्भीर मुद्दामा उनी त्यसबेला सहजै एक लाख रुपैयाँ धरौटीमा छुटे । पछि तत्कालिन पुनरावेदन अदालत हेटौँडाले उनलाई १५ वर्ष कैद सजाय सुनायो । त्यसबेलासम्म उनी अमेरिका भागिसकेका थिए । अहिले पनि अमेरिकामै रहेका उनीविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गरीसकेको छ । तर, नेपाल ल्याउन सकेको छैन ।

नेपाल वन्यजन्तु तस्करीको अन्तर्राष्ट्रिय ट्रान्जिट हो । खासगरी भारतबाट नेपाल हुँदै चीनमा वन्जयन्तुका अंग तस्करीमा अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय छ । यस्ता गिरोहका नाइकेसम्म पुग्न धेरै दुःख गर्नुपर्ने प्रहरी अधिकारी बताउँछन् । तर, वर्षाै लगाएर विदेशबाट समेत पक्राउ गरी ल्याइएका व्यक्तिहरु अदालतबाट सहजै छुट्न थालेपछि प्रहरी अधिकारीहरुको मनोबल खस्किएको छ । साथै उनीहरुको सम्पत्ति छानबिनमा पनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले चासो दिएको छैन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh