- वीरगञ्ज, साउन २७ गते मंगलवार ।।
- जनप्रभाब-सम्बादाता
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद प्रदीप यादव कोरोना भाइरस मुक्त भएका छन् ।
करिब १२ दिनको आइसोसन बसाइपछि उनी मंगलबार कोरोनामुक्त भएका हुन् । सोमबार पुन परीक्षणको लागि गरिएको स्वाब संकलनको मंगलबार आएको रिपोर्टमा नेगेटिभ देखिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
यादवसँगै संक्रमण पुष्टि भएका उनका पिएसओ र चालकको भने दोस्रो रिपोर्ट पनि पोजिटिभ आएको हो ।

उनी गएको १६ साउनमा वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालाको परीक्षणबाट कोरोना पुष्टि भएपछि आफ्नै निवासमा आइसोलेसनमा बसेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !