- झापा,साउन २७ गते मंगलवार ।।
- जनप्रभाब-सम्बादाता
मेचीनगर नगरपालिका वडा नम्बर -७ स्थित गैरीगाउँबाट भन्सार छली ल्याएको करिब २ लाख ९ हजार ५ सय रुपैयाँ बराबरको ८ थान मोबाइल सेट सोमबार दिउँसो प्रहरीले बरामद गरेको हो ।
नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा भारतबाट भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको विभिन्न कम्पनीको उक्त मोबाइल ल्याएका मानिसहरुले प्रहरीलाई देखी मोबाइल फालेर फरार भएपछि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले बरामद गरेको छ ।
बरामद मोबाइल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !