- गौर,साउन २७ गते मंगलवार ।
- जनप्रभाब-सम्बादाता
समुदायमा कोरोना संक्रमण देखिँदै गएपछि जिल्लाको गौर नगरपालिकाका नगर प्रमुखसहित कर्मचारीहरुले आफ्नो स्वाव परीक्षण गराएका छन् ।
गौर नगरपालिका र आसपासका नगरपालिकाहरुमा समुदाय स्तरमै दैनिक कोरोना संक्रमितहरु पुष्टि हुन थालेपछि आफुहरुले पनि सजकताको लागि परिक्षण गराएको गौर नगरपालिका नगर प्रमुख अजय गुप्ताले बताउनुभयो । जनप्रतिनिधीहरु धेरै मानिसहरुको सम्पर्कमा आउने र समुदायमा रहेर कार्यसम्पादन गर्नुपर्ने भएकाले आफुहरुमा संक्रमण जोखिम उच्च हुने भएकाले परिक्षण गरिएको उहाँको भनाइ छ ।
‘यदि हामी जनप्रतिनिधीहरुलाई संक्रमित रहेछ भने हामी मार्फत अन्यमा संक्रमण सर्ने जोखिम पनि उच्च हुन्छ’ उहाँले भन्नुभयो, ‘हामीले कार्यसम्पादन गर्ने क्रममा धेरै व्यक्तिलाई भेट्छौ । यदि हामीमा संक्रमण रहेछ भने अरुलाई पनि सर्नसक्छ, त्यसैले समयमानै परिक्षण गराएको हुँ ।’
उहाँले नगरपालिकाका अन्य जनप्रतिनिधीहरुलाई पनि स्वाव परिक्षण गर्न आग्रह गरेकोमा केहीमात्र गराएको जानकारी दिदैँ आफ्नो स्वाव परिक्षणको नजिता पोजेटिभ वा नेगेटिभ जे आएपनि सहज रुपमा स्विकार्ने बताउनुभयो ।
नगरप्रमुख गुप्तासँगै नगरपालिकामा कार्यरत कर्मचारी, केही जनप्रतिनिधी, कन्ट्याक ट्रेसिङ्गमा परेकाहरु, स्थानिय सर्वसाधरण र संचारकर्मी गरेर ९६ जनाको स्वाव परिक्षणको लागि संकलन गरिएको गौर नगरपालिकाले जनाएको छ ।
संकलन गरिएकाे स्वाव परिक्षणकाे लागि काठमाडाैँ टेकु प्रयाेगशालामा पठाउने र केही दिनमा नतिजा आउने जनाइएको छ । गौर नगरपालिकामा आइतबार १५ जना तथा यसैसँग सिमा जोडिएको राजदेवी नगरपालिमा सोमबार १९ जना स्थानियमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !