- जनकपुरधाम, साउन २६ गते सोमबार ।
- जनप्रभाब-सम्बादाता
जनकुरबाट हतियारसहित आज सोमबार एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर – ३ बस्ने वर्ष २१ का सुजित यायदव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीषक ( डिएसपी ) मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
ज १ ह ३१९२ नम्बरको टेम्पुमा चिनीको बेरामा पेस्तोल लुकाएर बेच्न लैजाँदै छ भन्ने विशेष सूचनाको आधारमा सोमबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर – १० बाह्रविघा नजिकबाट पक्राउ गरेको छ ।
यादवको साथबाट अटोमेटिक पेस्तोल एक थान र त्यमा प्रयोग हुने म्याग्जिन एक थान प्रहरीले बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !