- काठमाडौं,साउन २६ गते सोमबार ।।
- जनप्रभाब-सम्बादाता
काठमाडौंको टोखा नगरपालिका – १० स्थित गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको शवको सनाखत भएको छ । सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जानकारी दिएको छ । मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको हो ।
टोखाको नवज्योती मार्गमा शरीर सुटकेसमा र टाउको र खुट्टा प्लास्टिकले बेरेको अवस्थामा उनको शव आइतबार विहान फेला परेको थियो । हत्याको घटनाबारे महानगरीय परिसर काठमाडौं, अपराध अनुसन्धान महाशाखा र स्थानीय प्रहरीको टोलीले अनुसन्धान अघि बढाइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !