- सप्तरी ,साउन २६ गते सोमबार ।।
- जनप्रभाब-आलोक यादव
सशस्त्र प्रहरी बल सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) राजु श्रेष्ठले तस्कर विरुद्ध खरो रुपमा प्रस्तुत भएका छ्न । नेपाल र भारत सिमा खुला रहेको हुदा तस्करहरु सक्रिय भएको सूचना पाउने बितिकै एसपी श्रेष्ठले कडा निगरानी बढाएका छन् ।
एसपी श्रेष्ठले जिल्ला मातहत बिओपि इन्चार्जहरुलाई नि तस्कर विरुद्ध खरो उत्रिन समेत निर्देशन दिएका छ्न ।
खुल्ला सिमानाको कारणले हुँदै आएको गतिविधि नियन्त्रण गर्न म्यान टु म्यान राख्ने, ९ जनाको मोबाईल टोलीलाई देख्न साथ जिल्ला सप्तरीको डाक्नेश्वर -४ कुसहा स्थित सीमा ईलाकामा अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा enamel pents २० लिटरको २८ पिस , कपडा सोही स्थानामा छाडी भागेको हुँदा उक्त समान को मुल्य करिब ५ लाख बराबरको अबैध सामन बरामद गरेको हो ।
त्यसै गरि – सप्तरीको महदेवा गाउँपालिका -४ मा विशेष सूचनाको अधारमा एसपी श्रेष्ठको कमान्डरमा खटिएको सशस्त्र प्रहरी टोलिले भारत बाट अबैध रूपमा नेपाल तर्फ दुई वटा मोटरसाइकलमा ल्यादै गरेको शुर्ती र मोटरसाइकल छाडि भागेको हुँदा उक्त समानको मुल्य करिब ३ लाख ५० हजार बराबरको अबैध समान बरामद गरेको छ ।
नियन्त्रणमा लिएको अबैध समान आवश्यक कार्वाहीको लागि तिलाठि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक एसपी राजु श्रेष्ठले जानकारी दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !