- नवलपरासी,साउन २६ गते सोमबार ।।
- जनप्रभाब-सम्बादाता
नवलपरासी पश्चिम प्रहरीले दुईटा पिंक अप भ्यानसहित १४९ बोरा अबैध युरिया मल नियन्क्रणमा लिएको छ । शनिबार दुई वटा पिंक अप भ्यान र उक्त परिमाणमा अबैध युरिया बरामद भएको हो ।
नवलपरासीको रामग्राम नगरपालिका वडा नं ५ बाइपास चोक (परासी -महेशपुर सडक खण्ड ) मा महेशपुर तर्फबाट परासीतर्फ आउदै गरेको ना. ४ च ८३८८ नं. को बोलेरो पिकअप र ना. ५ च २९२६ नं. को बोलेरो पिकअपलाई रोकी चेकजाँच गर्ने क्रममा ना. ४ च ८३८८ नं. को पिकअपमा ७८ बोरा र ना. ५ च २९२६ नं. को पिकअपमा ७१ बोरा युरिया मल फेला पारेको प्रहरीले जनाएको छ । यसबारे प्रहरीले सोधपुछ गर्दा उक्त मलवाहक सम्बन्धित कुनै पनि कागजपत्र फेला नपरेकोले दुबै पिकअप चालकसहित पिकअप र अबैध युरिया मल प्रहरीले नियन्त्रणमा लिएको हो। बरामद युरिया मल प्रति बोरा ५० केजीको दरले १४९ बोरामा ७ हजार ४५० केजी साथै प्रति बोरा ७ सय रुपैयॉका दरले १ लाख ४ हजार ३ सय मूल्य बराबर र प्रति पिकअप १० लाखका दरले २ पिकअपको २० लाख गरि जम्मा २१ लाख ४ हजार ३ सय मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको २ वटा पिकअप , २ जना चालक र १४९ बोरा अबैध युरिया मल शनिबार नै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक ( डिएसपी ) राजु लामाले जानकारी दिनु भयो ।
नवलपरासी पश्चिमका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) अजय केसी जिल्लामा आएदेखि अबैध काम गर्ने माथि धमाधम कारबाहीमा लिने क्रम बढेर गएको पाइएको हो । यहॉ सीमा तस्करीको कार्य बढेर गएको बेला एसपी केसीले तस्करी नियन्त्रणमा प्रहरी परिचालनलाई सकृय बनाएका छन् । एसपी केसीले अहिलेसम्म १ करोड ३५ लाख बराबरको मालसामान नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि भन्सार पठाइसकेका छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !