Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सूचना दिनेलाई फसाइयो, हुण्डी कारोबारीलाई उम्काइयो

  • काठमाडौं,साउन २६ गते सोमबार ।।
  • जनप्रभाब-सम्बादाता

हुण्डी कारोबारको सूचना दिने दुई निरीह किशोर किशोरीलाई काठमाडौं प्रहरी परिसरले लुटपाटमा मुद्दा दायर गरेको छ । तर हुण्डी कारोबारी विकास अग्रवाललाई भने उन्मुक्ति दिएको छ । २०७७ असार ७ गते न्यूरोडको समृद्ध बचत तथा ऋण सहकारी संस्थाबाट पैसा निकालेर लाने क्रममा हुन्डी कारोबारी विकास अग्रवालको १० लाख रकम घुमुवा प्रहरी हवल्दार धिरेन्द्र विष्ट र जवान विक्रमकुमार चन्दले लुटपाट गरे । लुटपाट आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेर मुद्दा चलाउनु स्वभाविक हो । तर सूचना दिने लमजुङका २२ वर्षीय सौरभ अधिकारी र सहकारीमा कार्यरत २१ बर्षीया रेणु श्रेष्ठलाई समेत लुटपाट अभियोगमा कडा सजायको माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । तर, हुण्डी कारोबारी विकास अग्रवाललाई भने उन्मुक्ति दिइएको छ ।

हुण्डी कारोबारको आरोप लागेका अग्रवालले ४० लाख समृद्ध सहकारी संस्थाबाट निकालेको पुष्टि भइसकेको र उक्त रकमको स्रोतसमेत खोल्न नसकेको अवस्थामा उनलाई उन्मुक्ति दिएर प्रहरीलाई सूचना दिने अधिकारी र श्रेष्ठलाई लुटपाट गर्ने हवल्दार विष्ट र चन्द जत्तिकै अपराध गरेको आरोपमा अदालतमा मुद्दा दायर गरिएको छ ।

विकास अग्रवालको ४० लाख रकमको बारेमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभागमा पठाउनुपर्नेमा नपठाई काठमाडौं प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले उनलाई उन्मुक्ति दिएका छन् । शुभलाभ लिएर सूचना दिने अधिकारी र श्रेष्ठलाई फसाउने काम गरेको आरोप छ । अवैध हुण्डीको कारोबार गरेको सूचना दिएबापत उनीहरुलाई प्रहरीले डकैती लुटपाटको अभियोगमा मुद्दा दायर गरेको छ । तर हुण्डी कारोबारीलाई भने केही पनि कारवाही नगरिकन छाडेको छ ।

अग्रवाललाई राजश्व र सम्पत्तिमा समेत नपठाएर प्रहरीले जोगाएको आरोप प्रहरीमाथि लागेको छ । बिबिएस अध्ययनरत शौरभ अधिकारीसँग हवल्दार विष्टको केही महिना अगाडि चिनजान भएको र उनले सहकारीमा हुण्डी कारोबारको रकम जम्मा गर्नेहरुको बारेमा सूचना दिए कमिसन आउँछ भन्ने प्रलोभन देखाएपछि आफूले रेणु श्रेष्ठबाट विकास अग्रवालले सहकारीबाट ४० लाख रकम झिकेको जानकारी पाएको बयान दिएका छन् । उक्त जानकारी पाएपछि आफूले हवल्दार विष्टलाई सूचना दिएको उनले बयानमा खुलाएका छन् ।

‘आफू लमजुङमा भएको बेलामा कमिसनको लोभले रेणु श्रेष्ठबाट जानकारी लिएर प्रहरीलाई सूचना दिएको थिएँ । तीन दिनपछि काठमाडौंमा आउँदा हुण्डीको सूचना दिएवापत राज्यले कमिसन दिने त कता हो कता उल्टै पक्राउ गरी लुटपाट र डकैतीको मुद्दा झेल्नुपरेको छ’ भन्दै निराश भएका छन् । प्रहरीले नागरिकबाट सूचना लिने गर्दछ । तर सूचना लिएर प्रहरीले बद्मासी गरेपछि नागरिकलाई त्यो बद्मासीको भागिदार बनाएर प्रहरीले सूचना दिनेहरुलाई अब थप भयभित बनाएको छ । शौरभ अधिकारी र रेणु श्रेष्ठ पहुँचविहीन गरिबका छोराछोरी हुन् । उनीहरुले थोरै कमिसनको लोभमा प्रहरीलाई हुण्डी कारोबारी अग्रवालले रकम निकालेको जानकारी दिएका थिए । तर उक्त रकम हवल्दार विष्ट र जवान चन्दले लुटपाट गरे । अधिकारी र श्रेष्ठले प्रहरीलाई सूचना दिएको तर लुटपाटको बारेमा आफूहरुलाई थाहा नभएको प्रष्ट बयान दिँदादिँदै पनि प्रहरीले उनीहरुलाई मुद्दा चलाएको छ ।

अदालतले पनि उनीहरुको संलग्नता लुटपाटमा नभएपनि पुर्पक्षमा पठाएको छ । जसका कारण उनीहरुको भविष्य अन्धकार बनेको छ । विकास अग्रवाल हुण्डी कारोबारी थिए । प्रहरीलाई मिलाए । राजश्व र सम्पत्तिमा फाइल पठाउनबाट रोके । तर पहुँचविहीन अधिकारी र श्रेष्ठ अपराधमा संलग्न नभएपनि प्रहरीको कोपभाजनमा परेका छन् ।

काठमाडौं प्रहरी परिसरले सहकारीलाई अनुसन्धानको दायरामा ल्याएको छैन । अग्रवालको पैसाको स्रोत खोजिएको छैन । हुण्डी कारोबारको आरोप लागेका अग्रवालालाई छानबिन नगरी उन्मुक्ति दिइएको छ । अग्रवालले ४० लाख लगेको रेणु श्रेष्ठको फेसबुक म्यासेन्जरबाट सूचना लिई अधिकारीले प्रहरीलाई दिएको बयानमा भनेका छन् । तर अग्रवालले भने १७ लाख मात्रै सहकारीबाट निकालेको बयान दिएका छन् ।

एउटा झोलामा १२ लाख र एउटा झोलामा ५ लाख भएको बयान उनले दिएका छन् । तर १० लाख लुटपाट भएको छ । यसले पनि अग्रवालको बयानमा खोट देखिन्छ । सूचना दिनेलाई फसाइएको बारेमा काठमाडौं प्रहरी परिसरका मुद्दाका डीएसपी देवी पौडेलसँग साउन २५ गते आइतबार पटक पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । । साँघु साप्ताहिकबाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh