- काठमाडौं,साउन २६ गते सोमबार ।।
- जनप्रभाब-सम्बादाता
अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजेटिभ पुष्टि भएको छ । योसँगै विभागको सेवाहरु बन्द गरिएको छ ।
पछिल्लो समय सरकारी कर्मचारीहरुमा नै कोरोना पुष्टि भएसँगै विभिन्न कार्यालय र विभागका कर्मचारीहरु नमूना संकलन गरिएको छ ।
यही क्रममा अध्यागमन विभागका ५७ जनाको नमूना स्वाब संकलन गरिएको थियो । ती मध्ये ५६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ भने एकजना पोजेटिभ देखिएका हुन् ।
सोहीकारण तत्कालका लागि आकस्मिक बाहेक सबै सेवा बन्द गरेको विभागले जनाएको छ । विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित रहेको छ ।
विमानस्थल कर्मचारीहरुको पनि नियमित रुपमा कोरोना परीक्षण भैरहेको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !