- सिरहा,साउन २५ गते आइतबार ।
- जनप्रभाब-सम्बादाता
सिरहा जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका – १ विकट गाउँ मानिने माैवाहीमा २०१७ साल देखि निरन्तर संचालनमा रहेकाे श्री जनता नमुना माध्यमिक विधालय ( प्राविधिक धार ) माैवाहीले कम समयमा विद्यालयमा भाैतिक र प्रशासनिक र शैक्षिक पक्षमा ठाेस विकासका साथ उच्च रुपमा विकासको फनकाे मारेको हो ।
विकट क्षेत्रमा रहेकाे याे विधालय २०६७ सम्ममा ५ ओटा कक्षा काेठा र करिव १ सय ५० जना विधार्थिमा मात्र सिमित थियोे । बेन्च डेक्सकाे अभावले छात्र छात्राहरु माटाेमा बस्नु पर्ने बाध्यता रहेकाे विद्यालयमा २०६८ माघ देखि प्रअ रामपृत यादव आएदेखि वहाँकाे विधालय प्रतिकाे लगनशीलता र ओहाेरात्र सक्रियता पुर्वक खटिएको कारण आज याे विधालयमा करिव ८सय ४६ जना छात्र छात्राहरु पडिरहेका छन् ।
सराेकारवला निकाय सँग सहकार्य गरि ३ विगहामा फैलिएको विधालयकाे कम्पावन्ड बाल र २५ काेठे पक्की भवन बनाउन प्रअ यादवले पुर्ण रुपमा सफल भएको छ । याे विधालय सखुवानान्कारकट्टी गाउँपालिकाकाे शैक्षिक केन्द्र भएकाेले गापा अध्यक्ष केदारनाथ यादवले पनि हृदय देखि सहयोग गरेर विधालयकाे विकास गरिरहेकाे छ । साथै चारै तिरका वरिपरि गाउँ वाट विधालयमा आउन विधार्थिलाई कुनै किसिमकाे कठिनाइ हुन नदिन कटनिया नदिमा ४ कराेड ९८ लाख बराबरको लागतमा पुल निर्माण कार्य सम्पन्न गरेको छ ।
गाउँपालिका अध्यक्ष केदारनाथ यादवका अनुसार केही विकास विरोधीहरुले विधालयकाे विकासको प्रगति देखेर विभिन्न बाहाना बनाई विधालय ब्यवस्थापन समितिकाे मनाेनयनमा आफ्नाे नाउँ हुनुपर्छ न भए हामी जेमापनि विरोध गर्छु । साेहि अनुसारको कृयाकलाप उनिहरु गरिरहेका छन् तर विधालयकाे विकासमा अवरुद्ध गर्ने लाई जनता छाेडने वाला छैन र हामी विकास गर्न पछि नहट्ने जनाउनु भयाे ।
प्रअ यादवको लगनशीलताकाे कारण विकट गाउँकाे रुपमा चिनिने माैवाहिमा प्राविधिक कक्षा सिभिल ईन्जिनियरिङ,डिपलाेमा स्तर ४ वर्षे र ३ वर्षे काेर्षकाे कक्षा संचालन भय रहेको छ । जसमा ३ वर्षे काेर्षमा ३० जना र ४ वर्षे काेर्षमा बाजुरा,सिरहा,सप्तरी,धनुषाकाे ४८ जना विधार्थिहरु सिभिल ईन्जिनियरिङ गर्दै अाईरहेका छन्। प्र अ यादव भन्नू हुन्छ यश विधालयकाे प्रगतिमा गापा अध्यक्ष केदारनाथ यादव, R.P भाेगेन्द्र यादव र विधालय ब्यवस्थापन समितिकाे महत्त्वपूर्ण याेगदान रहेको छ ।
विधालयमा स्वक्ष वतावरण शुध खानेपानीको व्यवस्था सँगै हाल महिला १ र पुरुष २ अाेटा मात्र शाैचालय रहेकाेले हाल गापाकाे सहयोगमा छात्रा मैत्री शाैचायकाे समेत निर्मान भएको छ । हामीले शिर्षक वाईज रकम नियमाअनुसार खर्च गरेकाे छु । त्यसै कारण अाज याे विधालय सबै पक्षमा सुविधा सम्पन्न बन्दै गईरहेकाे छ । तर केही निजि स्वार्थ पुर्तिगर्नेहरुले विराेध गर्दैमा विधालयकाे विकासमा कुनै असर पर्ने छैन मेराे संकलपनै विधलयकाे चाैतर्फि विकास गर्नु हाे ।
सुविधा सम्पन्न कम्प्युटर लाईव,पुस्तकालय,भाैतिक संरचना,शैक्षिकपक्ष लगायतका पक्षहरुकाे ब्यवस्थापन भएका छन् । यसमा गापा अध्यक्ष केदारनाथ यादवकाे महत्त्वपूर्ण भूमिका रहेकाे छ । यसका सबै पक्षले साथ दिनु पर्छ ।स्थानीय वासिन्दाहरु भन्नू हुन्छ हुनेखानेका छाेरा छाेरी मात्र ओभरसियर,ईन्जिनियर हुने गर्दथ्याे हामीले घर बाहिर राखेर केटा केटी लाई पढाउने क्षमता थिएन तर प्रअ रामपृत सरले याे विधालयकाे उन्तिकाे लागि चाहे संस्थागत रुपमा हाेस या ब्यक्तिगत रुपमा निरन्तर लागिराखनु भयाे त्यसैकाे फल स्वरुप आज हाम्रो बाल बच्चाहरु घरमा बसेर ओभरसियर, ईन्जिनियर पडिरहेका छन् । यस वाट हामी गापावासि खुशि भएका छाै ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !