- सिरहा,साउन २५ गते आइतबार ।।
- जनप्रभाब-सम्बादाता
सिरहा नगरपालिकाले आइतबार राती १२ बजे देखि निषेधाज्ञा जारी गरिएको छ ।
सिरहा नगरपालिकाको आइतबार बसेको कार्यपालिकाको बैठकबाट आइतबार राती १२ बजे देखि साउन ३२ गते राती १२ बजे सम्मको लागि निषेधाज्ञा जारी गरिएको निर्णय गरेको छ ।
सिरहा नगरपालिकामा समुदाय स्तरमा कोराना भाइरसको संक्रमण बढन थालेको हुदाँ रोकथाम तथा नियन्त्रणको लागि यस नगरपालिका भित्र हाटबजार, सभा सम्मेलन, कार्यालयहरु, वित्तिय संघ संस्थाहरु, व्यवसाय, होटल तथा रेष्टुरेन्ट लगायतका अन्य पसल सार्वजनिक तथा निजी सवारी साधन यही साउन ३२ गते राती १२ बजे सम्मको लागि निषेधाज्ञा (लकडाउन) रहने तर अति आवश्यक सेवा एम्बुलेन्स, औषधी पसल, दुध ढुवानी गाडी, खानेपानी, फोहर मैला व्यवस्थापन जस्ता अति आवश्यक कार्य सञ्चालन रहने निर्णय गरिएको सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बताएकाछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !