- गोरखा,साउन २५ गते आइतबार ।।
- जनप्रभाब-सम्बादाता
बिभिन्न घटनामा संलग्न भइ जिल्ला अदालतबाट कारवाही तोकिएका फरार प्रतिवादीहरुलाइ जिल्ला प्रहरी कार्यालयले पक्राउ गर्न थालेको छ । हालसम्म आठ जना फरार प्रतिवादी पक्राउ परिसकेको डिएसपी बासुदेव खतिवडाले बताउनुभयो ।
फरार प्रतिवादी मध्यका एक बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर ५ का २८ बर्षिय रंजित गुरुङलाइ आइतवार पक्राउ गरिएको उहाले जानकारी दिनुभयो । जिल्ला अदालतले गुरुङलाइ सवारी ज्यान मुद्धामा एक महिना ८ दिन कैद सजार र दुइ हजार जरिवाना तोकेको थियो । पक्राउ परेका गुरुङलाई कैद जरिवाना असुल उपरको लागी जिल्ला अदालत पठाइएको डिएसपी खतिवडाले बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !