Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

डिआइजी सिंहको निशानामा-नेपाल प्रहरी संगठनको आचरण विपरीतको गतिविधिमा लागेका प्रहरी कर्मचारी

प्रदेश २ मा विभिन्न घटनामा संलग्न ८ जना प्रहरीको जागिर गयो

  • जनकपुर,साउन २५ गते आइतबार ।
  • जनप्रभाब-आलोक यादव

दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामको नेतृत्व सम्हाल्दै आएका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक ( डिआइजी ) धिरज प्रताप सिंहले मातहतमा रहेको प्रदेश २ को आठ वटै जिल्लामा तस्करीमा संलग्न रहेका प्रहरी र नेपाल प्रहरी संगठनको आचरण विपरीतको गतिविधिमा लागेका प्रहरीहरुलाई निशाना बनाएका छन् ।

प्रदेश २ प्रहरी प्रमुखको कमाण्ड सम्हालेको चार महिना नबित्दै ८ जना प्रहरीहरुको जागीर गएको छ, भने १४ जना प्रहरीहरु निलम्बनमा परेका छन् । प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्मका निलम्बनमा परेका हुन् । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले उपलब्ध गराएको तथ्यांक अनुसार २०७७ बैशाख ११ गतेदेखि साउन २३ गतेसम्ममा प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्मका ७५ जना प्रहरीहरुलाई विभागीय कारबाही समेत गरिएको छ ।

सचेत गराइएको, नसिहत, ग्रेड घटुवा, पदोन्नति रोक्का, सेवाबाट हटाइएको, निलम्बन र स्वतः निलम्बन लगायतका कारबाही गरिएको छ । कारबाहीमा प्रहरी कार्यालय सहयोगी १, प्रहरी जवान ६ र प्रहरी सहायक निरीक्षक १ जना गरि जम्मा आठ जना प्रहरीको जागिर नै गएको हो ।

भ्रष्टाचार विरूद्धको शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरेका डिआइजी सिंहले लकडाउनको समयमा तस्करलाई भारततर्फ सामान ओसारपसार गर्ने काममा सर्लाही प्रहरीको संलग्नता रहेको प्रमाण फेला परेपछि चार जना प्रहरीलाई गत जेठ २१ गते बुधबारका दिन निलम्बन गरेका थिए ।

त्यस्तै सर्लाहीकै चन्द्रनगर गाउँपालिका वडा नं. ५ स्थित मोहनपुरमा रहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सुरेश सहनीले नेपाल प्रहरीको व्यवसायिक नीतिविरुद्ध गरेको विभिन्न गतिविधिको यथेष्ट प्रमाण भेटिएकोले असई सहनीलाई साउन २३ गते शुक्रबारका दिन निलम्बन गरि थप कारबाही प्रकृया अगाडि बढाईएको छ । निलम्बनमा परेका १४ जना प्रहरीहरुमध्ये ५ जना प्रहरीहरु जिल्ला प्रहरी कार्यालय सर्लाहीको मातहतमा रहेको विभिन्न प्रहरी चौकीमा कार्यरत रहेका थिए ।

आठ वटै जिल्लाका तस्कर, दलाल, गुण्डा, फरार अपराधी, र रक्सी भट्टी लगायतलाई समेत उनले निशाना बनाएका छन् । अपराध र अपराधीसँग कुनै पनि साँठगाँठ र सम्झौता नगर्नसमेत उनले मातहतका आठ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई कडा निर्देशन दिएका छन् । छिमेकी राष्ट्र भारतको बिहार प्रान्तमा स्थानीय सरकारले रक्सीमा प्रतिबन्ध लगाएपछि त्यसको असर सीमा जोडिएका प्रदेश २ का आठ वटै जिल्लालगायत अन्य जिल्लाहरुमा पनि परेको छ ।

सिंहले मातहतका आठ वटै जिल्लाको जिल्ला प्रहरी कार्यालयमा हुने छलफलमा विचौलिया ‘दलाल’हरुलाई अनिवार्य निषेध गर्नुपर्ने सर्कुलर समेत जारी गरेका छन् । उनिसँग फोनमार्फत भएको कुराकानीमा दलाललाई कसरी पहिचान गर्न सकिन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘झगडा मिलाउन तेस्रो व्यक्ति आउनु भनेको दलाल हो ।’

दलालको माध्यमबाट आर्थिक लाभको प्रलोभनमा परेर प्रहरीले पनि सहि गलत छुट्याउन नसकेको नजिरहरु रहेको उनले बताए । उनले भने, नेपाल प्रहरीको क्षेत्राधिकार भन्दा बाहिर गएर कुनै पनि किसिमको छलफल समेत नगर्न गराउन मातहतका आठ वटै जिल्ला प्रमुखहरुलाई निर्देशन दिइसकिएको उनको भनाइ छ ।

सिंहले प्रदेश २ मा लागूऔषध, घरेलु हिंसा, बालविवाह लगायतका विभिन्न चुनौती रहेको बताए । उनले यस्ता कुरितीहरुको न्यूनिकरणका लागि प्रहरी र जनताबीचको सहकार्यको खाँचो रहेको उल्लेख गरे । सिंहले प्रहरीको एकल प्रयासबाट मात्रै यस्ता विकृतिको अन्त्य हुन नसक्ने भएकोले प्रहरी र जनता मिलेर सहकार्य गर्दै अघि बढनु पर्नेमा जोड दिए ।

प्रहरीलाई बर्दीसहितको नागरिक तथा नागरिकलाई बर्दी बिनाको प्रहरीको रुपमा चित्रण गर्दै उनले प्रहरी र नागरिकको सहकार्यबाट समाजमा शान्ति कायम हुने विश्वास व्यक्त गरे । भ्रष्टाचार र अपराध विरूद्धको शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरेका डिआइजी सिंहले २०७७ बैशाख ११ गतेदेखि प्रदेश २ को कमाण्ड सम्हालेका हुन् ।

प्रदेश २ को कमाण्ड सम्हालेदेखि प्रदेश स्तरमा शान्ति सु–व्यवस्थामा सुधार, चोरी पैठारी, तस्करी, डकैती, अपहरण, फोन धम्की, चन्दा आतंक, सीमावर्ती अपराध, संगठित अपराध र बलात्कारजस्ता घटनाहरुमा न्यूनीकरण भएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

4 days पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 week पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

3 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

3 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?
जनप्रभाबन्युज विशेष

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

4 days पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 week पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

3 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

3 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh