- रुपन्देही,साउन २५ गते आइतबार ।।
- जनप्रभाब-सम्बादाता
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका २ स्थित डण्डा खोलामा साउन २४ गते पुलबाट हाम्फालेकी सोही ठाँउ बस्ने २७ बर्षिय पबित्रा अधिकारीको एपीएफ टोलिले जीवितै उद्धार गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनको उद्धार गरेको हो ।
निज अधिकारीले पुलबाट हाम्फालेको भन्ने जानकारी पाउनासाथ तत्कालै खटिएको एपीएफ टोलीले उनलाई उक्त खोलाबाट जीवितै बाहिर निकाल्न सफल भएको हो ।
निज अधिकारीलाई आवश्यक उपचारार्थ भिम अस्पताल भैरहवातर्फ पठाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !