- धनुषा,साउन २५ गते आइतबार ।।
- जनप्रभाब-सम्बादाता
नेपाल विद्युत प्राधिकरण ढल्केवर ग्रिड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई १ करोड २४ लाख ९१ हजार १४५ रुपैयाँ बराबरको चेकसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
प्रमुख गुप्तालाई सिन्धुली कमलामाई नगरपालिका९९ बाट आयोगको टोलीले पक्राउ गरेको हो । उनी भुक्तानीका लागि आवश्यक कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी दिन पहिल्यै चेक काटेर लिई हिँडेका आयोगले जनाएको छ। पक्राउ परेका गुप्ता प्राधिकरणको उपप्रबन्धक नवौं तहका कर्मचारी हुन् ।
प्रक्रिया नै नपुर्याई चेक लिएर काठमाडौँतर्फ जाँदै गरेको सूचनाका आधारमा आयोगको बर्दिबासबाट गएको टोलीले गुप्तालाई पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
आयोगका अनुसार हस्ताक्षर भइसकेका कार्यालयका चेक तथा स्वीकृत नभएका सोही चेकसँग सम्बन्धित कागजात लिएर काठमाडौँ जाने क्रममा आज गुप्ता पक्राउ परेका हुन् । आरोपी गुप्ताको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !