- एजेन्सी ,साउन २५ गते आइतबार ।।
- जनप्रभाब-सम्बादाता
अमेरिकामा कोरोना संक्रमितको संख्या ५० लाख बढी पुगेको छ ।
कोरोनाका कारण अमेरिका संसारकै सर्वाधिक प्रभावित देश हो । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार अमेरिकामा हालसम्म ५१ लाख ४९ हजार ७ सय २३ संक्रमित रहेका छन् भने एक लाख ६५ हजार बढीको मृत्यु भइसकेको छ ।
अमेरिकापछि ब्राजिल दोस्रो सबैभन्दा प्रभावित देश हो जहाँ संक्रमितको संख्या २० लाख १३ हजारभन्दा बढी छ । ब्राजिलमा मृतकको संख्या करिब एक लाख पुगेको हो ।
भारत तेस्रो सर्वाधिक प्रभावित देश हो । भारतमा हालसम्म कोभिड–१९ का कूल संक्रमितको संख्या २१ लाख पार भइसकेको छ जसमा १४ लाख २० हजारभन्दा बढीले यो रोग जित्न सफल भइसकेका छन् ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार रिकभरी रेटमा लगातार सुधार भइरहेको छ र यो अब ६८.३२ प्रतिशत रहेको छ । यस्तै कोभिडका कारण मृत्युदर २.०४ प्रतिशत छन् ।
हालसम्म करिब ४३ हजारको मृत्यु भइसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !