Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एक्सनमा एसपी खड्का – पाँच लाख भन्दा बढी मुल्य बराबरको मटर सहित ट्रक पक्राउ

  • मोरङ,साउन २४ गते सनिवार ।।
  • जनप्रभाब-आलोक यादव

मोरङ जिल्लाको धनपालथान गाउँपालिका वडा नम्बर -२ स्थित पैठाबाट भारत तस्करी हुँदै गरेको अवस्थामा बुधबारराति ठूलो परिणामको हरियो मटर बरामद गरिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिकै पर्छ । बोरामा प्याक गरेर को १ ख ४८८७ नम्बरको मिनी ट्रकमा राखेर लैजादै गरेको अवस्थामा पाँच लाख मूल्य बराबरको ६ हजार २ सय ५० किलोग्राम मटर नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको छ । फरार रहेको भन्दै प्रहरीले ट्रक चालकलाई पक्राउ गरेन । यसअघि पनि पटक–पटक ठूलो परिणामको तस्करीको मटर प्रहरीले मोरङका सीमावर्ती क्षेत्रबाट बरामद गर्दै आएको छ । मोरङ प्रहरीका प्रमुखका रुपमा एसपी सन्तोष खड्का आएपछि प्रहरीले तस्करीको मटर नियन्त्रणमा ठूलो सफलता हात पारिरहेको छ । एसपी खड्का तस्करी नियन्त्रणमा आफै सक्रिय भएर खटिएका छन् ।

रातसाँझ नभनिकन सीमा क्षेत्रमा पुग्छन् । त्यहाँको वस्तुस्थिति बुझ्न र मातहतका निकायलाई नेपाल–भारत सीमा क्षेत्रबाट हुने जुनसुकै चितवस्तुको तस्करी नियन्त्रणमा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिन्छन् । खड्का आइसकेपछि तस्करसँग साँठगाँठ गर्ने एक दर्जन बढी कारबाहीमा परिसकेका छन् । ‘सीमा क्षेत्रमा खटिने प्रहरीले केही समस्यामा परेमा मलाई भन्ने । तर तस्करसँग कुनै हिसाबको साँठगाँठ नगर्ने,’ एसपी खड्काको स्पष्ट निर्देशन । शून्य सहनसिलताको नीति लिएर अघि बढीरहेका उनले गलत काम र दुई नम्बरी धन्दा चलाउनेलाई सहयोग गर्ने प्रहरीलाई कुनै पनि हालतमा नछाड्ने चेतावनी दिँदै त्यसलाई व्यवहारमा उतार्दैछन् । प्रहरीले बुधबारराति बरामद गरेको मटर धनपालथान–२ बस्ने दिलिप साहको भएको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । साह हाल फरार रहेकाले खोजी तीव्र पारिएको उनले बताए ।मोरङको धनपालथान–२ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएको ट्रक र तस्करीको मटर ।

प्रहरीले मटरसँगै बरामद गरेको बिलमा विराटनगरको हाटखोलास्थित एन्जिला सप्लायर्सबाट धनपालथान –२ मा रहेको महिमा दलन तथा फलफूल स्टोरमा लगिएको उल्लेख गरिएको छ । तर दशगजा हुँदै भारत टपाउने प्रयास गरिएपछि ट्रकसहित मटर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।मटर तस्करीमा प्रयोग गरिएको ट्रकको अगाडिको सिसामा भने खाद्य सामग्री ढुवानीमा प्रयोग गरिएको भन्ने ‘ट्याग’ राखिएको छ । यसरी ‘ट्याग’ राख्दा खाद्यान्न ढुवानी गरिएको होला भनेर सुरक्षाकर्मीले पनि वास्ता नगर्ने भएकाले तस्करीमा संलग्नले नयाँ उपाय लगाउँदै मटर धमाधम भारत कटाउने गरेको प्रहरीको अनुमान छ ।

प्रहरीले मटर बरामदमा सहयोग गरेको भनेर सशस्त्र प्रहरीलाई समेत समेटेर प्रतिवेदन तयार गर्दै आवश्यक कारबाहीका लागि बिहीबार विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । मटर बरामदमा लिने क्रममा पैठामा धेरै बेरसम्म तनाव भएको थियो । राति ९ बजे मटरको ट्रक नियन्त्रणमा लिइएको भए पनि लैजान नदिन स्थानीय बासिन्दा र तस्करको समूहले अवरोधको प्रयास गरेपछि झडप र तनावको स्थिति उत्पन्न भएको थियो । थप मद्धतका लागि नेपाल र सशस्त्रको टोली पुगेपछि मात्रै अवरोध छिचोल्दै राति १२ बजे प्रहरीले मटरको ट्रक पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिन सक्यो ।

प्रहरीकाअनुसार अवरोध गर्ने समूहमा धनपालथान–२ का वडाअध्यक्ष नारायणप्रसाद साह पनि थिए । साह यसअघि सशस्त्र तथा नेपाल प्रहरीले तस्करी नियन्त्रणमा खेलेको भूमिमा सधैं अवरोध गर्ने पात्र भएको बताइएको छ । यसअघि सशस्त्र प्रहरीले तस्करी गरेर भारत लैजाँदै गरेको अवस्थामा गोरु नियन्त्रणमा लिँदा पनि उनले अवरोध गरेको बताइएको छ । लामै समयदेखि उनीमाथि सीमा क्षेत्रमा तस्करी र गलत कामलाई मात्रै प्रसय दिएर सुरक्षाकर्मीलाई अनआवश्यक दुःख दिने गरेको आरोप छ । वडाअध्यक्ष साहले भने जनप्रतिनिधि भएको हैसितमा सीमा क्षेत्रमा हुने गतिविधीमा चासो राख्नु स्वभाविक भएको दाबी गरे । ‘प्रहरीले बिल भएको वैधानिक मटर नियन्त्रण लिएको कुरा आएपछि के भएको हो भने बुझ्न खोजेको हुँ,’ उनले भने, ‘प्रहरीको काममा कुनै त्यस्तो बाधा अवरोध गरेको छैन ।’ उनले प्रहरीको काम कारबाही ठीक छ कि छैन भनेर आफूले चासो मात्रै व्यक्त गरेको दाबी गरेका छन् ।

नेपालमा क्यानडा लगायतका मुलुकबाट वैधानिक रुपमै भन्सार तिरेर मटर भित्रने गरेको छ । तर त्यही मटर अवैध रुपमा भारततर्फ तस्करी भइरहेको छ । भारतमा भने अरु मुलुकबाट आयातमा प्रतिबन्ध लगाइएपछि त्यहाँ अभाव हुँदा मटर नेपालबाट तस्करी भएर जाने गरेको सरोकारवालाको भनाइ छ । विराटनगर भन्सार कार्यालयसँग आजसम्म वैधानिक रुपमा मटर भारत निर्यात गरिएको कुनै प्रमाण छैन ।
भन्सार कार्यालयकी प्रवक्ता सुनिता पौडेलले अरु मुलुकमा नेपामला आयायत हुने मटर भन्सार तिरेर भारत लगेको नपाइएको बताइन् ।

ठूलो परिणाममा आयात हुने मटर नेपालमा खपत नहुने हुँदा अवैध रुपमा भारततर्फ लैजाने गरिएको हुन सक्ने उनको भनाइ छ । ठूलो परिणाममा नेपालमा आयात हुनु भनेकै तस्करीको लागि भन्ने बुझ्नु पर्ने सरोकारवालाको भनाइ छ । हरियो मटर धेरै समय नटिक्ने र कुहिने तथा सड्ने भएकाले सीमावर्ती नाका हुँदै भारततर्फ तस्करी हुने गरेको पौडेलले बताइन् । हरियो मटर अहिले नेपालमा एक सय रुपैयाँ प्रतिकिलोको हाराहारीमा छ । भारतमा प्रति किलो भारु एक सय (एक सय ६० नेपाली रुपैयाँ) भन्दा बढी पर्ने गरेको छ । मटर नेपालमाभन्दा भारतमा महँगो भएकाले पनि तस्करी गर्ने गिरोहले सुरक्षाकर्मीलाई छल्दै हरियो मटर भारत तस्करी गर्ने गरेको पाइएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh