- सिरहा,साउन २३ गते शुक्रबार ।।
- जनप्रभाब-आलोक यादव
सिरहाको सिमावर्ती नाकाहरुमा सशस्त्र प्रहरी बल नम्बर ७ गण हेक्वा सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) दिपेन्द्र गिरीको अनुगमनसँगै नाकाहरुमा कडाई गरिएको छ । खुल्ला सिमानाको कारण अवैध गतिविधिको साथै कोरोना महामारीमा नेपाल प्रवेश गर्नेहको रोकथाम गर्न एसपी राणाले निर्देशन दिएका थिए ।
सिरहाको मिर्चैया नगरपालिकाबाट लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिइएको छ । एसपी गिरीको कमाण्डमा खटेको टोलीले सिरहाको सिरहा नगरपालिका -१६ बस्ने मनि मुची रहेको सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र गिरीले जानकारी गराएका छन् ।
पक्राउ परेकाहको साथमा डाइजेप्म १५ पिस, नोफिन १५ पिस, फेनेर्गन १५ पिस, सिरिन्ज २ पिस सहित मिचीलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरिक्षकले जानकारी गराए ।
खुल्ला सिमानाको कारणले हुँदै आएको गतिविधि नियन्त्रण गर्न म्यान टु म्यान राख्ने, मोबाईल टोलीलाई सक्रिय गर्ने र चेक प्वाइन्ट बढाई सिमानाकाहरु सुरक्षित गर्ने निर्देशन दिएको एसपी गिरिले बताएका छन् । आर्थिक प्रलोभनमा परी देशको अस्तित्व संकटमा राख्ने जोकोहिलाई कडा भन्दा कडा कारवाहि गरिने उनले बताए । लागुऔषधसहित पक्राउ परेकालाई आवश्यक कारवाहिको लागि नेपाल प्रहरीको जिम्मा लगाइएकोे छ ।
सशस्त्र प्रहरीद्वारा तस्करीका सामान पनि नियन्त्रण
जिल्लाका सबै सीमानाकाहरुमा आवत जावतमा पूर्ण रोक लगाइएपनि उक्त तस्करी नियन्त्रणगर्नका लागी सशस्त्र प्रहरी बल नम्बर ७ गण हेक्वा सिरहाका प्रमुख
एसपी दिपेन्द्र गिरिले सक्रियता देखाएको छ ।
यसै क्रममा सिरहा जिल्लाको विभिन्न ठाउबाट भारतबाट अबैधरुपमा खेत हुँदै लुकि छिपि ल्याउदै गरेको ४ लाख ११ हजार ७ सय ४० रुपैया मूल्य बराबरको खैनी ( शुत्ती ) , रेडिमेट कपडा , चिनी ,रक्सी र गाजा लगायत समानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय ठाडि पठाइने सशस्त्र प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !