- सिरहा,साउन २३ गते शुक्रबार ।।
- जनप्रभाब- सत्यनरायण यादव
बुधबार कोभिड–१९ को संक्रमण पुष्टि भएका सिरहाको गोलबजार नगरपालिका वडा नम्बर –१२ का २३ वर्षीय अशोक महतोको मृत्यु भएको छ । उनको धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनको शव सिरहा ल्याउने र नेपाली सेना दाह संस्कार गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनु भयो । उनका अनुसार मृतक युवकको दुवै किड्नीमा समस्या थियो । उनी नियमित डाइलोसिस गराउँदै आएका थियो।
‘डाइलोसिस गराउने क्रममा जनकपुरमा उनको स्वाब संकलन गरेको थियो। पीसीआर रिर्पोट पोजेटिभ देखिएपछि उनलाई धरानमा उपचारका लागि पठाइएको थियो,’उनले भने । सिरहा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !