- बिरगंज, साउन २३ गते शुक्रबार ।।
- कृष्णा यादव
नेपाली कांग्रेसका युवा नेता तथा तरुण दलका पुर्ब केन्द्रीय सदस्य नवीन सिंहले निजि अस्पतामा बिरामी को उपचार नगरी फर्काएपछी आक्रोश पोखदै त्यसता अस्पतालहरुलाई कार्वाहि गर्न माग गरेका छन।
अनलाईन न्युजपाटीसँग कुरा गर्दै नेता नवीन सिंहले भने निजि अस्पतालले गरेको अमानवीय ब्यवहार र उप्चार नगरी फर्काएको कारण गरिब, विपन्न र सर्वसाधारण जनता कोरोना भाइरसको संक्रमण भन्दा पनि अरुनै बिमारी को उपचार बिना मर्नुपर्ने अवस्था आएको बताए ।
नेता सिंहले भने पर्सामा भएको समपुर्ण निजि अस्पतालहरुलाई सरकारले आफ्नो मातहतमा लिई क्वारन्टाईन र आईसोलेसन बनाउनु पर्नेमा जोड दिनु भएकोछ।
साथै नारायणी अस्पताललाई कोरोना अस्पताल नबनाउन आग्रह गर्दै नारायणी अस्पताललाई सबै किसिमको उपचारगर्ने अस्पताल रहोस भनी माग पनि गरेका छन।
युवा नेता सिंहले सरकार लकडाउन र निशेधाज्ञा मात्र लगाएर मजदुर र अति विपन्न जनतालाई भोकभोकै मर्न बाध्य बनाएको आरोप लगाएका छन।
एकातिर लकडाउन हुँदा गरिबको पेट र भान्साघर रितिएको र अर्कोतिर निजि अस्पतालहरुले विभिन्न किसिमको बिरामिहरुलाई उपचार नगरी फर्काएर एक अस्पताल बाट अर्को अस्पताल लान बाध्य गर्दा बिरामिको मृत्यु हुने गरेको बताएका छन् ।
लकडाउनमा निजि अस्पताल ले उपचार नगरेपछि कोरोनाले भन्दा उपचार नपाई गरिब, मजदुर जन्ताहरु मर्ने अवस्था आएको कांग्रेस नेता नवीन सिंहले बताएका छन् ।
सरकारमा रहेकाहरू कोरोना भाइरसको संक्रमण र लकडाउनलाई देखाएर कमाउने धन्दामा लागेको उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !