- काठमाडौं,साउन २३ गते शुक्रबार ।।
- जनप्रभाब-सम्बादाता
नेपाल प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को दरबन्दी अस्पताल समेत चार वटा मात्रै छन् । त्यसैले कतिपय एआईजीले नेतृत्व गर्नुपर्ने स्थानमा पनि जुनियरहरूबाट काम चलाउनु परिरहेको अवस्था छ । ¥यांकिङसमेत मिलिरहेको छैन ।
जस्तोः अहिले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा फस्ट क्लास अफिसर सहसचिव प्रमुख जिल्ला अधिकारी छन् । उता, नेपाल आर्मीको प्रितना पनि दुई तारे उपरथी विशिष्ट श्रेणीले हाँकिरहेका छन् । तर प्रहरीतिर उपत्यकाको कमाण्ड डीआईजीले सम्हालेकाले सन्तुलन नमिलेको प्रहरी अधिकारीको भनाइ छ ।
३७ हजारको दरबन्दी रहेको सशस्त्र प्रहरीमा एआईजीको ३ दरबन्दी कायम हुँदा ७९ हजार भन्दा बढी फोर्सको नेपाल प्रहरीमा चार मात्रै दरबन्दी हुनु न्याय संगत छैन । त्यसैले यसबारे प्रहरीको यो अप्ठ्यारोबारे सरोकारवालाको ध्यानाकर्षण गराइँदै आएको छ ।
यद्यपि, एआईजी दरबन्दी थप गर्नुपर्ने चर्को मतको बाबजुद तत्काल थप नहुने भएको छ । दरबन्दी थपका लागि अर्थले स्वीकृत दिनुपर्छ । कोरोना महामारीको कारण अर्थले त्यस्तो स्वीकृत दिने सम्भावना छैन । उसले यसअघि नै नया“ पद सिर्जना र पूर्ति नगर्न सुझाइ सकेको छ ।
त्यसैले सरकार एआईजीको कुनै पनि दरबन्दी थप नगर्ने मनस्थितिमा पुगेको छ । दरबन्दी थप गर्ने पक्षमा सरकार नदेखिएपछि प्रहरीले त्यहीअनुरूप संगठन परिचालन गर्ने भएको छ । यसै क्रममा कार्यविभाग र अपराध अनुसन्धान तथा प्रशासन र मानव संसाधनलाई एक ठाउँ गरिएको छ । यसो गर्दा तत्कालका लागि एआईजीको अभाव नभए पनि कार्यसम्पादनमा समस्या पर्नसक्ने चिन्ता प्रहरी अधिकारीले गरेका छन् ।
उता, एआईजीको रिक्त दुई पद पूर्तिका लागि नीरज शाही र प्रद्युम्न कार्कीको बढुवा र पदस्थापना भएको छ । एआईजीमा वरिष्ठताका आधारमा नीरज शाही र प्रद्युम्न कार्कीलाई बढुवा सिफारिस गरिएको हो । डीआईजीपीको वरिष्ठको तेस्रो नम्बरमा रहेका विश्वराज पोखरेल भने देशमा सामान्य अवस्था रहेमा २०७९ वैशाख १८ गते पछि सोझै आईजीपी बन्ने लाइनमा बसेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !