- काठमाडौं,साउन २२ गते बिहीबार ।।
- जनप्रभाब-सम्बादाता
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का कार्यकारी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डसहित परिवारका सदस्यमा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । प्रचण्डको सचिवालयको तर्फबाट छोरी गंगा दाहालले प्रचण्डसहित परिवारका सदस्य र सचिवालयका सदस्यको रिपोर्ट नेगेटिभ आएको सामाजिक सञ्जाल मार्फत जानकारी दिइन् ।
प्रचण्डको बाहिरी घेराको सुरक्षामा रहने ६ जना सुरक्षाकर्मीमा भने कोरोना पोजिटिभ देखिएको छ । ‘अध्यक्ष लगायत हामी सम्पूर्ण परिवारका सदस्यहरु, सुरक्षाकर्मीहरु र सचिवालयका सदस्यहरुले कोभिड–१९ स्वाव परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको छ।
उक्त ६ जना बाहेक हामी सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी गरॉउदछ’, दाहालले सामाजिक सञ्जालमार्फत भनेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !