- काठमाडौं,साउन २२ गते बिहीबार ।।
- जनप्रभाब-सम्बादाता
प्रहरी प्रधान कार्यालयमा कोरोना भाइरस संक्रमित प्रहरी कर्मचारीको संख्या ८५ पुगेको छ ।
हिजो १० जना थपिएसँगै कोरोना संक्रमित प्रहरीको संख्या ८५ पुगेको हो । प्रहरी प्रवक्ता एसएसपी कुवेरसिंह कडायतले संक्रमित प्रहरीको उपचार जारी रहेको बताए ।
यसबाहेक संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ, क्वारेटिनमा राख्नेलगायत काम भइरहेको उनले बताए । यस्तै प्रहरी प्रधान कार्यालयमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !