- जनकपुर,साउन २१ गते बुधबार ।।
- जनप्रभाब-सम्बादाता
अहिले केहिबेर अगाडी जनकपुरधामको रामानन्दचोकमा संकास्पद बस्तु फेला परेको छ । शंकास्पद अवस्थामा रहेको सुटकेश रामानन्दचोकमा फेला परेपछि बम हुने आशंकामा त्रास फैलिएको हो ।
नेपाली सेनाको बम डिस्पोजल टोली शंकास्पद बस्तु फेला परेको ठाउँमा आइपुगेका छन् ।
रामानन्दचोकमा सुटकेश फेला परेकाले के कसो छ भन्ने विषयमा बुझ्ने काम भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक ( डिएसपी ) मगेन्द्र विष्टले जानकारी दिनु भयो ।
‘सुटकेश भेटिएको छ । कसैले विर्सेर हिडेछन् वा कसैले छोडेका छन् भन्ने विषयमा जाँचबुझ भइरहेको छ’ डिएसपी विष्टले भने ।
