- काठमाडौं,साउन २१ गते बुधबार ।।
- जनप्रभाब-सम्बादाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवित कम्युनिष्ट पार्टीमा बहस भइरहने र त्यो सामान्य कुरा भएको बताएका छन् ।
प्रचण्डले पद हाम्रो बिषय होइन, देश र जनताको सेवा नै मुख्य हो भन्दै सचिवालयमार्फत भनाई सार्वजनिक गरेपछि नेकपा भित्रको विवादलाई समस्याका रुपमा नबुझ्न आग्रह गरिएकोतर्फ संकेत गर्न खोजिएको बुझिएको छ ।
स्वकिय सचिव गंगा दाहाले आफ्नो फेसबुकमा प्रचण्डको भनाई सार्वजनिक गर्दै भनेकी छन्, ‘विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस जीवित कम्युनिष्ट पार्टीमा भइरहन्छ र यो सामान्य हो । पद हाम्रो बिषय होइन, देश र जनताको सेवा नै मुख्य हो । राष्ट्रको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौँ ।’ – अध्यक्ष क.प्रचण्ड

प्रचण्डले पार्टी समस्या असहजतातर्फ उन्मुख भइरहेका बेला यस्तो भनाइ सार्वजनिक गर्दै पदका निम्ति भन्दा विधि, पद्धति, विचार र मान्यतामा आधारित रहेर अगाडी बढ्नुपर्ने वताएका हुन् ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी स्थायी कमिटी बैठकमा जान अस्विकार गरिरहेको र सचिवालय मार्फत समस्या सुल्झाउन अडान लिइरहेका बेला प्रचण्डबाट यस्तो भनाई आउनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !