- दोलखा,साउन २१ गते बुधबार ।।
- जनप्रभाब-सम्बादाता
दोलखाको गौरीशंकर गाउँपालिका–४ का वडाध्यक्ष प्रलाद कार्कीले घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । वृद्धवृद्धा, अपांगता भएकाहरू बैंकमा जान नसक्ने र बैंकसम्म पुगे पनि भिडभाड हुने भएकाले घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडाध्यक्ष कार्कीले बताए ।
आव ०७६÷७७ अन्तर्गतको अन्तिम चौमासिकको सामाजिक सुरक्षा भत्ता घरमै गएर वितरण गरिएको कार्कीले बताए । ‘सिंहदरबार गाउँमा छ रे भनेको सुनेको मात्र थिएँ तर अहिले देख्न नि पाइयो’, स्थानीय मानबहादुर बुढाथोकीले बताए । बुढाथोकीले खुसी हुँदै वडाध्यक्ष कार्कीलाई धन्यवाद दिँदै यस्ता सामाजिक कामलाई निरन्तरता दिन सुझाव दिए ।
गएको स्थानीय निकायको चुनावमा भारी मत ल्याएर विजयी भएका कार्की जिल्लाको युवा वडाध्यक्ष हुन् । निर्वाचित भएसँगै विभिन्न लोकप्रिय काम गर्दै आएका उनी जिल्लामा नै चर्चित वडाध्यक्षका रूपमा चिनिन्छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !