Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नक्कली सुनको सक्कली कथा


  • काठमाडौं,साउन २१ गते बुधबार ।।
  • जनप्रभाब-सम्बादाता


प्रहरी अधिकृत इमान्दार भएर मात्र हुँदैन, ठिक समयमा उचित निर्णय क्षमता पनि चाहिन्छ भन्ने कुरा गत साता काठमाडौंमा भएको प्रहरीको एक अप्रेसनले पुष्टि गरेको छ । नक्कली सुन कारोबारी गिरोहलाई पक्राउ गर्ने क्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रञ्जन दाहालको कमजोर कमाण्ड क्षमताका कारण प्रहरी नै यतिबेला बदनाम हुन पुगेको छ ।

डिएसपी दाहाल इमान्दार अधिकृतका रुपमा चिनिन्छन् । तर, इमान्दार हुनु नै क्षमतावान र राम्रो प्रहरी अधिकृत हुनु होइन भन्ने कुरा यो घटनाले पुष्टि भएको छ ।

नक्कली सुनको सक्कली कथा

यो बहुचर्चित घटनाको कथा गहना व्यापारी कौशल पटेल र प्रहरी जवान बहादुरसिंह कडायतको दोस्तीबाट सुरु हुन्छ । व्यापार चौपट भएपछि पटेल आर्थिक संकटमा फसेका थिए । उनी गलत काम गरेर पैसा कमाउने योजनामा थिए ।

उनका दाई देवान पटेलको सुनको अवैध कारोबार गर्ने इल्ताफ अन्सारीको समूहसँग चिनजान थियो । सो समूहले चाँदीमा सुनको जलप लगाएर भारतमा लगेर सुुन भनेर बेच्दै आएका थिए । सुनको जलप लगाउने काममा उनले सघाएका थिए ।

सो सुन लुट्ने र बरामद गराएर कमिसन लिने योजनामा कौशल र प्रहरी जवान कडायतबीच छलफल भएको थियो । कडायतले सुन बरामद गर्ने र कमिसन दिने प्रस्ताव राखे । सोही अनुसार उनी सुराकी बने । यसमा उनको दाई देवानसँग पनि छलफल भयो ।

सहमतिअनुसार नै गत मंगलबार सुन लिएर निस्कने गाडीको सुन देवान पटेलले कौशललाई दिए, कौशलले प्रहरी जवानलाई । सोही अनुसार कमलपोखरीको दुई बाटोमा प्रहरी एम्बुस राखेर बसे । कमलपोखरी अपार्टमेन्टबाट गाडी कमलादी मोड हुँदै हुँइकियो । प्रहरी जवान कडायतले मोटरसाइकलमा गाडीको पिछा गरे । सुन्धारामा गएर गाडीलाई उनीहरुले भेटे । तर, गाडी रोएिकन । थापाथलीतर्फ गयो, माइतीघर हुँदै फेरि सुन्धारा नै आयो । प्रहरीले पिछा गरेको थाहा पाएपछि तस्करका नाइकेद्वय इल्ताफ अन्सारी र सञ्जय पटेलले गाडीमा रहेका निलेश सखियालाई सुन र पेस्तोल रहेको झोला बोकेर झर्न र बसमा चढेर आउन भने । उनी झरेलगत्तै पक्राउ परे । प्रहरी जवान कडायतले उनलाई सुन्धाराको आकाशेपुलमा लिएर गए । त्यहाँ सुन र पेस्तोल रहेको झोला लिएर उनलाई छाडिदिए । सुन लुकाउने योजनाअनुसार उनले सखियालाई छाडिदिएका थिए । केही समयपछि डिएसपी दाहाल त्यहाँ पुगेर सुन लिए ।

त्यहाँ डिएसपी दाहालको कमजोरी थियो । एक उनले ढिला गरी त्यसबारे माथिका हाकिमलाई जानकारी दिए । अर्काे घटनास्थल कमलादी भनेर ढाँटेका थिए । आफ्नै क्षेत्रमा सुन बरामद भएको बताउँदा अन्य क्षेत्रका प्रहरीको सहयोग नचाहिने र कमिसन बाढ्न नपर्ने लोभमा परेर उनले यस्तो गल्ती गरेका थिए । सोही गल्तीका कारण उनलाई दरबारमार्ग वृत्तबाट हटाइएको छ ।

घटनामा संलग्न नौ जना पक्राउ परिसकेका छन् । फरार निलेश लगायत चार जनालाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेको हो । दुई प्रहरी जवान बहादुरसिंह र प्रसन्न श्रेष्ठलाई समेत अभियुक्त बनाइएको छ । चाँदीमा सुनको जलप लगाउने मनिष मल्लिक तथा सुन लुकाउने उमेश श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । सुनको झोला बरामद भएलगत्तै एक टुक्रा सुन जवान बहादुरसिंहले श्रेष्ठलाई राख्न दिएका थिए । घटना शंकास्पद भएपछि महानगरीय प्रहरी कार्यालयले एसएसपी सुशील यादबको नेतृत्वमा छानबिन गरिरहेको छ ।

निर्मला प्रकरणबाट के पाठ सिक्यो प्रहरीले ?

केही वर्षयता प्रहरीका अनुसन्धान अधिकृतहरुको मनोबल खस्किएको छ । प्रहरी नेतृत्वकै गलत निर्णयका कारण यस्तो अवस्था आएको हो । अनुसन्धान अधिकृतहरुले जथाभावी कारबाही गर्दा यस्तो अवस्था आएको हो ।

प्रहरीको मनोबल घटाएको सबैभन्दा ठूलो घटना निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान हो । जसमा मुद्दा दायर भएका प्रहरीले हालै सफाई पाएपछि त्यतिबेला प्रहरी नेतृत्वले गलत मुद्दा चलाएको भन्दै आलोचना भइरहेको छ ।

अनुसन्धानमा प्रमाण नष्ट गरेको तथा यातना दिएको भनेर हचुवाकै भरमा ८ जना निर्दाेष प्रहरीलाई अभियुक्त बनाइयो । यो काम पनि सर्वेन्द्र खनालकै नेतृत्वमा भयो । प्रहरी नेतृत्वले आफ्नो कुर्सी जोगाउन फसाईका आठै प्रहरीले बिहीबार कञ्चनपुर जिल्ला अदालतबाछ सफाइ पाएका छन् ।

प्रमाण नष्ट गरेकोमा सेवाबाट हटाइएका कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख रहेका एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टसहित अवकाशप्राप्त डिएसपी ज्ञानबहादुर सेठी, निलम्बित डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का, सइहरू रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध अनुसन्धानमा प्रमाण नष्ट गरेको भन्दै सार्वजनिक न्यायविरुद्धको कसुर मुद्दा दायर भएको थियो ।

उनीहरुमध्ये एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्सपेक्टर खड्कालाई भने दिलीपसिंह विष्टलाई यातना दिएर अपराध कबोल गर्न लगाइएकोमा न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले दुवै मुद्दामा प्रमाण नपुगेको भन्दै सफाई दिने निर्णय गरेको हो । सो मुद्दामा प्रमाण नष्ट नभएको र आरोपी दिलिपसिंह बिष्टलाई यातना दिएको प्रष्ट प्रमाण नभएकाले सफाईको फैसला भएको अदालतका श्रेस्तेदार यदुराज शर्माले बताए । त्यतिबेला भिडकै दबाबको भरमा प्रहरी नेतृत्वले यस्तो मुद्दा दायर गरेको थियो । जुन अभियोग नपुग्ने अदालतले ठहर गरेपछि मुद्दा चलाउने तत्कालीन प्रहरी नेतृत्वमाथि कारबाहीको माग सामाजिक सञ्जालमा उठेको छ । डिएसपी अंगुर जिसीले तत्कालीन प्रहरी नेतृत्वको असक्षमताले आफूहरुविरुद्ध मुद्दा दायर भएको सार्वजनिकरुपमै बताइसकेका छन् ।

प्रहरीविरुद्धको पहिलो गलत मुद्दा सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा भयो । सो घटनामा तस्कर समूहसँग साँठगाँठ भएका प्रहरीलाई मुद्दा चलाउनु स्वभाविक नै थियो । तर, सो घटनाको अनुसन्धानमा लापरबाही भएकै आशंकामा समेत एसएसपीसहित तीन प्रहरीविरुद्ध मुद्दा दायर भयो । महानगरीय अपराध महाशाखाका तत्कालिन एसएसपी दिवेश लोहनीसहितका प्रहरीलाई आशंकाकै भरमा मुद्दा दायर भयो ।

अनुसन्धानमा लापरबाही गरेको खण्डमा छानबिन गरेर विभागीय कारबाही गर्ने प्रावधान प्रहरी नियमावलीमा छ । तर, छानबिन नै नगरी उनीहरुविरुद्ध मुद्दा चलाइएको थियो । पछि उनीहरु साधारण तारेखमा छुटेपछि हाल जागिरमा जोडिएका छन् ।

त्यस्तै खनालकै नेतृत्वमा डिएसपी कुमोध ढुंगेलमाथि डकैती समूहलाई सहयोग गरिएको झुटो मुद्दा दायर भयो । डकैतीमा संलग्न एक व्यक्तिसँग भेट गरेका आधारमा त्यस्तो मुद्दा दायर भएको थियो । पर्याप्त प्रमाण नभएको भन्दै अदालतले उनलाई पनि साधरण तारेखमा छाड्न आदेश दिइसकेको छ ।

यी तीनै घटनाले प्रहरीको बदनाम त भयो नै त्यो भन्दा धेरै त्यसको असर पुलिसिङमा देखिएको छ । कुनै पनि काम गर्दा गल्ती हुन सक्छ, अन्जाबश कुनै गल्ती भएमा पनि जागिर नै जान्छ भन्ने डरले प्रहरी अधिकारीहरु अनुसन्धानबाट भाग्ने गरेका छन् । यी तीनै घटना तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकालमा भएका थिए । अब यी घटनाबाट पाठ सिकेर अनुसन्धान अधिकृतहरुको मनाबेल उकास्ने बेला आएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh