Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नक्कली सुनको सक्कली कथा


  • काठमाडौं,साउन २१ गते बुधबार ।।
  • जनप्रभाब-सम्बादाता


प्रहरी अधिकृत इमान्दार भएर मात्र हुँदैन, ठिक समयमा उचित निर्णय क्षमता पनि चाहिन्छ भन्ने कुरा गत साता काठमाडौंमा भएको प्रहरीको एक अप्रेसनले पुष्टि गरेको छ । नक्कली सुन कारोबारी गिरोहलाई पक्राउ गर्ने क्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रञ्जन दाहालको कमजोर कमाण्ड क्षमताका कारण प्रहरी नै यतिबेला बदनाम हुन पुगेको छ ।

डिएसपी दाहाल इमान्दार अधिकृतका रुपमा चिनिन्छन् । तर, इमान्दार हुनु नै क्षमतावान र राम्रो प्रहरी अधिकृत हुनु होइन भन्ने कुरा यो घटनाले पुष्टि भएको छ ।

नक्कली सुनको सक्कली कथा

यो बहुचर्चित घटनाको कथा गहना व्यापारी कौशल पटेल र प्रहरी जवान बहादुरसिंह कडायतको दोस्तीबाट सुरु हुन्छ । व्यापार चौपट भएपछि पटेल आर्थिक संकटमा फसेका थिए । उनी गलत काम गरेर पैसा कमाउने योजनामा थिए ।

उनका दाई देवान पटेलको सुनको अवैध कारोबार गर्ने इल्ताफ अन्सारीको समूहसँग चिनजान थियो । सो समूहले चाँदीमा सुनको जलप लगाएर भारतमा लगेर सुुन भनेर बेच्दै आएका थिए । सुनको जलप लगाउने काममा उनले सघाएका थिए ।

सो सुन लुट्ने र बरामद गराएर कमिसन लिने योजनामा कौशल र प्रहरी जवान कडायतबीच छलफल भएको थियो । कडायतले सुन बरामद गर्ने र कमिसन दिने प्रस्ताव राखे । सोही अनुसार उनी सुराकी बने । यसमा उनको दाई देवानसँग पनि छलफल भयो ।

सहमतिअनुसार नै गत मंगलबार सुन लिएर निस्कने गाडीको सुन देवान पटेलले कौशललाई दिए, कौशलले प्रहरी जवानलाई । सोही अनुसार कमलपोखरीको दुई बाटोमा प्रहरी एम्बुस राखेर बसे । कमलपोखरी अपार्टमेन्टबाट गाडी कमलादी मोड हुँदै हुँइकियो । प्रहरी जवान कडायतले मोटरसाइकलमा गाडीको पिछा गरे । सुन्धारामा गएर गाडीलाई उनीहरुले भेटे । तर, गाडी रोएिकन । थापाथलीतर्फ गयो, माइतीघर हुँदै फेरि सुन्धारा नै आयो । प्रहरीले पिछा गरेको थाहा पाएपछि तस्करका नाइकेद्वय इल्ताफ अन्सारी र सञ्जय पटेलले गाडीमा रहेका निलेश सखियालाई सुन र पेस्तोल रहेको झोला बोकेर झर्न र बसमा चढेर आउन भने । उनी झरेलगत्तै पक्राउ परे । प्रहरी जवान कडायतले उनलाई सुन्धाराको आकाशेपुलमा लिएर गए । त्यहाँ सुन र पेस्तोल रहेको झोला लिएर उनलाई छाडिदिए । सुन लुकाउने योजनाअनुसार उनले सखियालाई छाडिदिएका थिए । केही समयपछि डिएसपी दाहाल त्यहाँ पुगेर सुन लिए ।

त्यहाँ डिएसपी दाहालको कमजोरी थियो । एक उनले ढिला गरी त्यसबारे माथिका हाकिमलाई जानकारी दिए । अर्काे घटनास्थल कमलादी भनेर ढाँटेका थिए । आफ्नै क्षेत्रमा सुन बरामद भएको बताउँदा अन्य क्षेत्रका प्रहरीको सहयोग नचाहिने र कमिसन बाढ्न नपर्ने लोभमा परेर उनले यस्तो गल्ती गरेका थिए । सोही गल्तीका कारण उनलाई दरबारमार्ग वृत्तबाट हटाइएको छ ।

घटनामा संलग्न नौ जना पक्राउ परिसकेका छन् । फरार निलेश लगायत चार जनालाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेको हो । दुई प्रहरी जवान बहादुरसिंह र प्रसन्न श्रेष्ठलाई समेत अभियुक्त बनाइएको छ । चाँदीमा सुनको जलप लगाउने मनिष मल्लिक तथा सुन लुकाउने उमेश श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । सुनको झोला बरामद भएलगत्तै एक टुक्रा सुन जवान बहादुरसिंहले श्रेष्ठलाई राख्न दिएका थिए । घटना शंकास्पद भएपछि महानगरीय प्रहरी कार्यालयले एसएसपी सुशील यादबको नेतृत्वमा छानबिन गरिरहेको छ ।

निर्मला प्रकरणबाट के पाठ सिक्यो प्रहरीले ?

केही वर्षयता प्रहरीका अनुसन्धान अधिकृतहरुको मनोबल खस्किएको छ । प्रहरी नेतृत्वकै गलत निर्णयका कारण यस्तो अवस्था आएको हो । अनुसन्धान अधिकृतहरुले जथाभावी कारबाही गर्दा यस्तो अवस्था आएको हो ।

प्रहरीको मनोबल घटाएको सबैभन्दा ठूलो घटना निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान हो । जसमा मुद्दा दायर भएका प्रहरीले हालै सफाई पाएपछि त्यतिबेला प्रहरी नेतृत्वले गलत मुद्दा चलाएको भन्दै आलोचना भइरहेको छ ।

अनुसन्धानमा प्रमाण नष्ट गरेको तथा यातना दिएको भनेर हचुवाकै भरमा ८ जना निर्दाेष प्रहरीलाई अभियुक्त बनाइयो । यो काम पनि सर्वेन्द्र खनालकै नेतृत्वमा भयो । प्रहरी नेतृत्वले आफ्नो कुर्सी जोगाउन फसाईका आठै प्रहरीले बिहीबार कञ्चनपुर जिल्ला अदालतबाछ सफाइ पाएका छन् ।

प्रमाण नष्ट गरेकोमा सेवाबाट हटाइएका कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख रहेका एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टसहित अवकाशप्राप्त डिएसपी ज्ञानबहादुर सेठी, निलम्बित डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का, सइहरू रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध अनुसन्धानमा प्रमाण नष्ट गरेको भन्दै सार्वजनिक न्यायविरुद्धको कसुर मुद्दा दायर भएको थियो ।

उनीहरुमध्ये एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्सपेक्टर खड्कालाई भने दिलीपसिंह विष्टलाई यातना दिएर अपराध कबोल गर्न लगाइएकोमा न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले दुवै मुद्दामा प्रमाण नपुगेको भन्दै सफाई दिने निर्णय गरेको हो । सो मुद्दामा प्रमाण नष्ट नभएको र आरोपी दिलिपसिंह बिष्टलाई यातना दिएको प्रष्ट प्रमाण नभएकाले सफाईको फैसला भएको अदालतका श्रेस्तेदार यदुराज शर्माले बताए । त्यतिबेला भिडकै दबाबको भरमा प्रहरी नेतृत्वले यस्तो मुद्दा दायर गरेको थियो । जुन अभियोग नपुग्ने अदालतले ठहर गरेपछि मुद्दा चलाउने तत्कालीन प्रहरी नेतृत्वमाथि कारबाहीको माग सामाजिक सञ्जालमा उठेको छ । डिएसपी अंगुर जिसीले तत्कालीन प्रहरी नेतृत्वको असक्षमताले आफूहरुविरुद्ध मुद्दा दायर भएको सार्वजनिकरुपमै बताइसकेका छन् ।

प्रहरीविरुद्धको पहिलो गलत मुद्दा सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा भयो । सो घटनामा तस्कर समूहसँग साँठगाँठ भएका प्रहरीलाई मुद्दा चलाउनु स्वभाविक नै थियो । तर, सो घटनाको अनुसन्धानमा लापरबाही भएकै आशंकामा समेत एसएसपीसहित तीन प्रहरीविरुद्ध मुद्दा दायर भयो । महानगरीय अपराध महाशाखाका तत्कालिन एसएसपी दिवेश लोहनीसहितका प्रहरीलाई आशंकाकै भरमा मुद्दा दायर भयो ।

अनुसन्धानमा लापरबाही गरेको खण्डमा छानबिन गरेर विभागीय कारबाही गर्ने प्रावधान प्रहरी नियमावलीमा छ । तर, छानबिन नै नगरी उनीहरुविरुद्ध मुद्दा चलाइएको थियो । पछि उनीहरु साधारण तारेखमा छुटेपछि हाल जागिरमा जोडिएका छन् ।

त्यस्तै खनालकै नेतृत्वमा डिएसपी कुमोध ढुंगेलमाथि डकैती समूहलाई सहयोग गरिएको झुटो मुद्दा दायर भयो । डकैतीमा संलग्न एक व्यक्तिसँग भेट गरेका आधारमा त्यस्तो मुद्दा दायर भएको थियो । पर्याप्त प्रमाण नभएको भन्दै अदालतले उनलाई पनि साधरण तारेखमा छाड्न आदेश दिइसकेको छ ।

यी तीनै घटनाले प्रहरीको बदनाम त भयो नै त्यो भन्दा धेरै त्यसको असर पुलिसिङमा देखिएको छ । कुनै पनि काम गर्दा गल्ती हुन सक्छ, अन्जाबश कुनै गल्ती भएमा पनि जागिर नै जान्छ भन्ने डरले प्रहरी अधिकारीहरु अनुसन्धानबाट भाग्ने गरेका छन् । यी तीनै घटना तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकालमा भएका थिए । अब यी घटनाबाट पाठ सिकेर अनुसन्धान अधिकृतहरुको मनाबेल उकास्ने बेला आएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

18 hours पहिले
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

18 hours पहिले
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

18 hours पहिले
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

18 hours पहिले
एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

24 hours पहिले
जनप्रभाबन्युज विशेष

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

2 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

18 hours पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

18 hours पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

18 hours पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

18 hours पहिले
एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

24 hours पहिले

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh