- लहान,साउन २० गते मंगलवार ।।
- जनप्रभाब-आलोक यादव
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको सिभिल प्रहरी टोलीले लहान नगरपालिका वडा नम्बर -२० बाट २ जनालाई लागुऔषधसहित पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा लहान नगरपालिका वडा नम्बर – २ बस्ने २८ वर्षीय मोहम्मद युनुस र सोही ठाउँका २५ वर्षीय सन्तोष राम रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी उपरीक्षक ( डिएसपी ) शरत कुमार थापा क्षेत्रीले जानकारी दिनु भयो । उनीहरुको साथबाट डाइलेक्स डिसी २९ बोतल, डाइजिल्याब १६ एम्पुल, फेनारगन १८ एम्पुल र नाम मेटिएको १७ एम्पुल लागुऔषध प्रहरीले चेकजाँचको क्रममा फेला पारेको छ ।
पक्राउ परेका युनुस र राम साइकलमा सवार थिए । प्रहरीले चेकजाँच गरेपछि लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनलाई अहिले ईलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखि लागुऔषध सम्बन्धी मुद्धामा कारवाही अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी थापाले जानकारी दिनु भयो ।
कारोनाको महामारी फैलि रहेको अवस्थामा लागुऔषध ओसारपोसार गर्ने जघन्य अपराध गर्ने समूह सक्रिय भएको खवर पाएपछि ईलाका प्रहरी कार्यालय लहानका सिभिल टोलि सक्रिय भएपछि उक्त सफलता हात लागेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत थापा क्षेत्रीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !