- जनकपुरधाम,साउन २० गते मंगलवार ।।
- जनप्रभाब-सम्बादाता
भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको भूमि पूजन समारोहमा सहभागि हुन जनकपुरधामको प्रसिद्ध मन्दिर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव आज मंगलवार प्रस्थान गरेका छन् ।
अयोध्यावाट महन्थलाई विशेष निम्ता आएको थियो । माता जानकीको माइतीको प्रतिनिधित्व गर्दै महन्थ कार्यक्रममा सहभागी भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको शिलान्यास बुधवार गर्ने कार्यक्रम रहेको हो । सो समारोहमा सीमित साधुहरुलाई मात्रै आमन्त्रण गरिएको छ । महन्थले राम मन्दिरको भूमि पूजनका लागि जानकी मन्दिरवाट माटो, पाँचवटा चाँदीको ईटा पनि लगेका छन् । ‘हाम्रो लागि मात्रै नभई पूरै नेपालीका लागि गौरवको क्षण रहेकाले आफू भूमि पूजनमा सरिक भइरहेको छु ।’ महन्थले भने ।
सीताको भगवान रामसंग त्रेता युगमा विहे भएकाले मिथिला र अबधको विशेष सम्बन्ध रहेको छ । प्रत्येक वर्ष रामजानकी विवाहपञ्चमी महोत्सवमा अयोध्यावाट जन्ती जनकपुरधाम आउने गर्छन भने अयोध्याका प्रमुख उत्सवमा जानकी मन्दिरका महन्थ सहभागि हुने गर्छन ।
यता भोलि बुधवार हुने भूमि पूजन समारोहलाई लिएर जनकपुरधामबासी पनि उत्साहित देखिएका छन । साँझ जनकपुरधाममा दीपावली मनाउने निर्णय गरिएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !