- जनकपुर,साउन २० गते मंगलवार ।।
- जनप्रभाब-सम्बादाता
२ नम्बर प्रदेशको मुख्यमन्त्री कार्यालयका ६ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मुख्यमन्त्री कार्यालयका ६ कर्मचारीसहित धनुषाका ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको परीक्षणका क्रममा प्रदेश २ मुख्यमन्त्री कार्यालयका एक अधिकृत, एक ट्राफिक प्रहरी, दुई सवारी चालक र २ जना कार्यालयकै अन्य कर्मचारी गरी ६ जनासहित ३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनु भयो ।
२ दिनअघि गरिएको स्वाब सङ्कलनको नतिजा आइतबार राति आएपछि उनीहरूमा सङ्क्रमण पुष्टि भएको प्रजिअ भट्टराईले बताए ।
यता, सङ्क्रमितहरूको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङको आधार पत्ता लगाउने काम भइरहेको प्रजिअ भट्टराईको भनाइ छ । त्यस्तै प्रादेशिक अस्पताल जनकपुरका १४ जना कर्मचारीमा समेत कोरोना सङ्क्रमण भएको जनाइएको छ ।
यता पछिल्लो २४ घण्टामा प्रदेश २ मा १०३ जना सङ्क्रमित थपिएका छन् । पर्सामा ३८, धनुषा र महोत्तरीमा ३०/३०, बारामा तीन, सिरहा र सर्लाही १/१ गरी प्रदेशभरि १०३ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
याेसँगै प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ९ पुगेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !