- काठमाडौं,साउन १९ गते सोमबार ।।
- जनप्रभाब-सम्बादाता
काठमाडौंको क्षेत्रपाटीबाट ठगीको आरोपमा एकजना अमेरिकी नागरिक पक्राउ परेका छन् ।
अमेरिकामा संस्था दर्ता गरी विजनेस पार्टनर बनाउने आश्वासन दिएर १० लाख रुपैयाँ ठगी गरेको आरोपमा अमेरिकी नागरिक ६५ वर्षीय डेनियल ली मेक्गीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मेक्गीले कोटेश्वरमा रहेको टुकनारायण श्रेष्ठको ‘एटलस सेक्युरेटि प्रालि’लाई अमेरिकामा दर्ता गरी पार्टनरसीप बनाउने आश्वासन दिएर ठगी गरेकाे प्रहरीले जनाएको छ ।
सुजन थापा र सन्दीप कार्कीलाई समेत विजनेस भिषामा अमेरिका लैजान्छु भन्दै प्रति व्यक्ति ५ लाख रुपैयाँ ठग्ने प्रयास गरिरहेकै समयमा उनलाई आइतबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मेक्गी पर्यटकको रुपमा नेपाल आएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !