- विराटनगर,साउन १९ गते सोमबार ।।
- जनप्रभाब-सम्बादाता
कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विराटनगरमा एक जनाको मृत्यु भएको हो ।
सोमबार विराटनगर–५ का ७७ वर्षिय वृद्धको काेशी अस्पतालकाे आइसाेलेसनमा मृत्यु भएको कोशी अस्पतालका सिनियर फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए ।
कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार सोमबार बिहान साढे ९ बजे विराटनगर–५ का ७७ वर्षिय वृद्ध अस्पतालको आइसोलेशनमा भर्ना भएका थिए ।
स्वासप्रश्वासको समस्या लिएर आएका वृद्धको १० बजे कोरोना जाँचका लागि नमूना संकलन गरिएको थियो ।
आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा दिउँसो ३ः१५ मा मृत्यु भएको उनले जानकारी दिए ।
मृत्यु पछिमात्र वृद्धकाे कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । ‘उहाँको मृत्यु भएको केही समय पछि कोरोना रिपोर्ट पोजेटिभ आयो,’ डाक्टर दासले भने, ‘कोरोना रिपोर्ट पोजेटिभ आएपछि बिरामी कुरुवाको पनि कोरोना जाँच गर्ने तयारी हुँदैछ ।’
मृतक वृद्ध मधुमेह राेगबाट पीडित थिए । चार दिनयता उनलाई ज्वराे आएपछि साेमबार उपचारका लागि आएकाे अस्पतालले जनाएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !